नेपालमा हाल ३५० को हाराहारीमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ४० हजारभन्दा बढी गैरसरकारी संस्था छन् । यी देशका गाउँ, कुनाकाप्चामा खुलेका÷पुगेका छन् ।
जे जति खर्च गरेर विकासे काम गरिन्छ, त्यो समुदायले हाम्रो निम्ति भन्ने भावनाको विकास नगर्दासम्म सबै लगानी व्यर्थ हुन्छ । यसर्थ जनताले या समुदायले नेतृत्वदायी भूमिका निर्वाह गर्न अत्यन्तै जरुरी छ ।
गैससका परियोजनाहरू निश्चित समयावधि तोकिएर लक्ष्यअनुरूप सञ्चालित हुन्छन् । जसअनुसार लाखौँ, करोडौँ खर्च गरेर क्षमता अभिवृद्धिका कार्यलगायत भौतिक पूर्वाधार संरचनाहरू निर्माण भएका छन् । तर भौतिक संरचनाहरू उचित व्यवस्थापनको अभावले बेवारिस बनेका छन् । यसमा समुदायको जिम्मेवारी गहन देखिन्छ । जुन समुदायका लागि यी सब बनाइएको हुन्छ, त्यही समुदायले मेरो या हाम्रो भन्ने कुरा बुझ्न आवश्यक छ ।
तर यी सबै कुरा कागजी रूपमा मात्र सीमित हुने र व्यावहारिक रूपमा लागु हुन नसक्ने हुनाले समुदाय स्तरका समिति र समूह निष्क्रिय रहने र चुनौतीको घेरामा रुमलिइरहने अवस्था देखिन्छ । यो चुनौतीलाई अवसरका रूपमा लिन सके पक्कै पनि समुदायको मुहार फेरिन्थ्यो होला । तर समय, परिस्थिति र अवसरलाई बुझ्न नसकेका कारण पहिलेकै ढर्रामा पुग्ने अवस्था छ ।
एकछिन सोच्नुपर्ने अवस्था पनि देखिन्छ, जे जति खर्च गरेर विकासे काम गरिन्छ, त्यो समुदायले हाम्रो निम्ति भन्ने भावनाको विकास नगर्दासम्म सबै लगानी व्यर्थ हुन्छ । यसर्थ जनताले या समुदायले नेतृत्वदायी भूमिका निर्वाह गर्न अत्यन्तै जरुरी छ ।
कुनै पनि गैरसंरचनागत या संरचनागत कार्यक्रमहरू गरिन्छन् भने त्यसमा नेतृत्वदायी भूमिका समुदायले लिनुपर्ने हुन्छ । यसका साथै समुदायको श्रमदान, केही प्रतिशत रकम घरधुरीबाट संकलन र अन्य बाह््य सहयोग (दातृ निकाय) र नेपाल सरकारको मातहतमा रहेका सम्बन्धित कार्यमा संलग्न कार्यालयहरूको पनि लगानी आवश्यक देखिन्छ । यस्तो किसिमको हातेमालो अभियानद्वारा कार्य गरेमा लक्षित समुदायमा लक्षित कार्यक्रमहरूले दीर्घकालीन फड्को मार्ने अवस्था देखिन्छ, नत्र भने डोकोमा पानी भरेजस्तै हुन्छ ।
दीर्घकालीन सोच र सम्बन्धित निकायसँग लक्षित वर्गहरूको राज्यबाट प्राप्त गर्ने सेवा सुविधाहरूमा समुदायको पहुँच हुनुका साथै उक्त सेवा सुविधा लक्षित समुदायमा पुग्न जरुरी छ जसका लागि सम्बन्धितहरूको क्षमता अभिवृद्धि जनचेतना अभियान चलाउन नितान्त आवश्यक छ । यी कार्यका लागि दातृ निकायको सहयोगबाट सञ्चालित गैससको उत्तिकै हात देखिन्छ । जसले गर्दा परियोजना गए तापनि त्यसबाट समुदायले प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई व्यवहारमा उतार्न थप ऊर्जा दिन्छ ।
यसो गर्दा अर्को पनि फाइदा देखिन्छ जसमा दोहोरो काम हुँदैन । जसले विकासमा थप आयाम प्रदान गर्छ । यसर्थ सम्बन्धित संघसंस्था र त्यससँग सम्बन्धित सरोकारवाला निकायको गहन भूमिका देखिन्छ । यसो हुन सकेमा पारदर्शिता दीर्घकालीन सोच र सामाजिक रूपान्तरण हुने कुरामा निश्चित टेवा पुग्छ ।
यथार्थमा हाम्रो खोजी के हो भने समुदायमा आधारित संघसंस्थाहरूले राष्ट्रिय विकासमा के कति र कस्तो योगदान पु¥याएका छन् ? जो जुन भूमिकामा क्रियाशील हुन्छ, उसले आफ्नो लक्षित उद्देश्य पूरा गर्दै गयो भने आशातीत उपलब्धि हासिल हुन सक्छ । यसतर्फ सामुदायिक संस्थाहरू संवेदनशील होऊन् ।
प्रकाशित: १५ भाद्र २०७४ ०२:२५ बिहीबार