२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

आन्तरिक कलहमा कांग्रेस राजनीति

२०१६ सालमा बिपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई संसदका सभामुख बन्नुभयो। संसदीय इतिहासमा कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री र भट्टराई प्रथम सभामुख बनेका राजनेता हुन्।

सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता राख्ने नेता हुन् कृष्णप्रसाद भट्टराई। नेपाली कांग्रेसको इतिहास गर्बिलो छ। अनेकौँ  क्रान्तिको नेतृत्व सम्हालेको यो पार्टीले आफूलाई देशको सच्चा प्रजातान्त्रिक र लोकतान्त्रिकका रूपमा परिभाषित गर्छ। २००७ देखि ०४६ सालको सफल जनक्रान्तिसम्म उसको परिभाषा चित्तबुझ्दो थियो। ०४८ सालमा पूर्णरूपमा बहुमत ल्याएर एकमना सरकार गठन गरेको यो पार्टीको सरकार आन्तरिक कलहका कारण ०५० को मध्यावधि निर्वाचनमा गएपछि आन्तरिक लोकतन्त्रमा ह्रास आयो। त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो।

संसदीय अभ्यासमा अस्थिर राजनीतिको बीजारोपण भएदेखि झण्डै ३० वर्षसम्म राष्ट्र अनेकौँ घटनाक्रमका फन्दामा रुमल्लिरहेछ। त्यसो नहुँदो हो त शायद ०५२ फागुन १ बाट नेकपा (माओवादी)ले जनयुद्धको थालनी गर्दैनथ्यो कि? 

२०१६ सालमा बिपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई संसदका सभामुख बन्नुभयो। संसदीय इतिहासमा कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री र भट्टराई प्रथम सभामुख बनेका राजनेता हुन्।

आफ्नो स्थापनाकालदेखि नै गुटमा विभाजित देशको जेठो पार्टीकम बिपी र मातृकाको गुट थियो, मिलनविन्दु पनि थियो। समाजवादी चिन्तक र दक्षिण एशियाली मुलुकमा अग्लो राजनीतिक कदका कारण बिपीका अगाडि अरू नेताहरू प्रायः होचा देखिन्थे।

बिपीको देहावसानपछि ०४१ सालमा पनि तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई र तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाबीच पनि दुईटा फरक धार स्पष्ट थिए। सर्वमान्य नेता गणेशमान सिंह कार्यबाहक सभापतिको पक्षमा हुनुहुन्थ्यो। उहाँ सत्याग्रहको थालनी गरेर तत्कालीन व्यवस्थाको विरोधमा खरोरूपमा उत्रनुभएको थियो। तर गिरिजाबाबु तत्कालीन राष्ट्रिय पञ्चायतमा भाग लिएर व्यवस्थाभित्रबाट नैं पञ्चायती प्रणालीको अन्त्य गरिनुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो। बहुमतको आधारमा ०४२ जेठ १० गते सत्याग्रहको थालनी भयो। गणेशमानजीको कदमको प्रशंसा गर्दै तत्कालीन माले, नेमकिपा, संयुक्त जनमोर्चालगायतका वाम घटकलेपनि आआफ्ना विरोधका कार्यक्रम अघि सार्दै तत्कालीन व्यवस्थाको विरोध गरेर जेल भरौंँ आन्दोलन गरेको इतिहास सम्झनलायक छ।

२०४६ हुँदै ०६२/०६३ को जनआन्दोलनको पनि नेतृत्व गरेको कांग्रेसले आफ्नो पुरानो सिद्धान्तमा हेरफेर गर्‍यो। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद यसका मूलभूत सिद्धान्त हुन् भन्ने बिपी विचारलाई आत्मसात गर्दै आएको यो पार्टी राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समाजवादमा मुखरित भयो।

समाजवादका भाष्यकार सिके प्रसाईले एकपटक भनेका थिए– बिपीको समाजवादी सिद्धान्तमा देशका सबैथरी गरिब र विपन्न वर्गको अनुहार झल्किएको देख्न पाइन्छ। राष्ट्रियता सम्भ्रान्त वर्गमा नभएर निम्न र मध्यम वर्गका नागरिकले वचाउने परिस्थितिको निर्माण हुनसक्छ। यी दुवै सारतत्व बचाउका लागि प्रजातन्त्र आवश्यक पर्न आउँछ। सिके प्रसाईको परिभाषा राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि वर्तमान अवस्थामा मजबुत हुनु जरुरी देखिन्छ। एकातिर नेकाभित्र गुटहरूको विस्तार, अर्काेतिर नेकपा (एमाले) बाहेकका प्रायः सबै वाम घटकको सहयात्रालाई संयोग मात्र भन्न सकिँदैन।

२०४६ हुँदै ०६२/०६३ को जनआन्दोलनको पनि नेतृत्व गरेको कांग्रेसले आफ्नो पुरानो सिद्धान्तमा हेरफेर गर्‍यो। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद यसका मूलभूत सिद्धान्त हुन् भन्ने बिपी विचारलाई आत्मसात गर्दै आएको यो पार्टी राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समाजवादमा मुखरित भयो।

यो पार्टीको एकमना सरकारको पालामा झैंँ समय सुहाउँदो परराष्ट्र नीति वर्तमान गठबन्धन सरकारमा देखिँदैन। केही दिनपहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमाथिको टीका टिप्पणीलाई पनि अपत्यारिलो तर्कमान्न सकिँदैन। राजधानीमा हालै पुस्तक विमोचनमा प्रचण्डले बोलेका कुरालाई प्रमुख प्रतिपक्षी दल एमालेले लगातार ५ दिन सदन अवरुद्ध गर्नु कूटनीतिक विषयसँग जोडिएको विषय भए पनि सदन अवरुद्ध गर्नु, विधेयक थन्क्याएर जनताका मौलिक हक अधिकार थन्क्याउनुलाई सकारात्मक सोच मानिँदैन लोकतन्त्रमा। ५७ दिन संसद् अवरुद्ध गरेको आफ्नो इतिहास एमालेले अवश्य भुलेको छैन।

कांग्रेसको आन्तरिक कलहको बाछिटा गत मंसिर ०४ को चुनावमा पनि देशका केही जिल्लामा देखापर्‍यो। कांग्रेसभित्रका केही युवा र १ महिना पहिले गरेको शुद्धीकरण अभियानले पार्टीभित्र अनुशासनको कमी र लोकतन्त्र भनेको मनपरी तन्त्र जस्तै हो भन्नेपनि देखायो।

लोकतान्त्रिक पार्टीमा वैचारिक बहस त प्रशस्त मात्रामा गर्न पाइन्छ तर निर्वाचित पार्टी सभापतिविरुद्ध देशभर माहोल खडा गरी अविश्वासको प्रस्ताव ल्याउने र संसदीय दलको नेता फेर्ने बहसको उपयुक्त बेला हो कि होइन? वर्तमान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर भएर सोच्नुपर्ने बेला आएको देखिन्छ।

वर्तमान पार्टी सभापति देउवा पक्कैपनि दूधले नुहाएको नेता होइनन्। उहाँका पनि केही कमजोरी होलान्। पार्टीभित्र गरिनुपर्ने कार्य धेरै बाँकी हुन सक्छन्। कार्यकर्ताका आवाज पूरा नभएका पनि होलान्। केही व्यक्तिको दबाबमा परेर उहाँले गरेको राजनीतिक निर्णय सबैकालागि पाच्य नहुन सक्छन्। तर डडेल्धुराको रुवाखोलाको चिसो हावापानीमा बाल्यकाल बिताएको र प्रजातन्त्र प्राप्तिकालागि १० वर्ष कारागार जीवन बिताएको नेता हुनुहुन्छ देउवा। ७ पटकसम्म डडेल्धुराबासीले निर्वाचित गराएको पनि गहिरो अर्थ छ।

नेपाली कांग्रेसजस्तो राष्ट्रको जिम्मेवारी बोकेको संसद्मा सबैभन्दा ठूलो पार्टी भएका नाताले पनि गगन र विश्वप्रकाशले बोलेको कुराको असर पार्टीभित्र र बाहिर कति पर्छ, सहजै अनुमान लगाउन सकिन्छ। किनकि यी दुवैजना वर्तमानमा संघीय सांसद पनि हुन्, पार्टी पंक्तिमा भोलिका लाखौँ कार्यकर्ताका आशालाग्दा नेता पनि। त्यसैले आन्तरिक लोकतन्त्र बलियो बनाउन, नमिलेका यावत् विषयवस्तुलाई व्यवस्थित गर्न, अहिलेसम्म पार्टीमा लागेर जीवन व्यतीत गर्दै गरेका कैयौँ नेता/कार्यकर्ताका प्रति न्याय दिलाउन पार्टीको २७ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिमा मन खोलेर वर्तमान पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आआफ्ना विचार राख्नु उपयुक्त ठहरिनेछ। नकि राजधानीलगायत देशका विविध ठाउँका मञ्चमा अनावश्यक समय खर्च गर्नु। हो, वर्तमान सरकारका अर्थमन्त्रीले बजेट बाँडफाँट गर्दा त्रुटि नदेखिएका होइनन्। उहाँले यो विषयमा जतिसुकै सुधार गर्न खोजेपनि समान तरिकाले बजेट वितरण भएको देखिँदैन। यसको असर दूरदराजका जनतालाई परेको छ। जनता सबैका साझा हुन्।

कांग्रेसको आन्तरिक कलहको बाछिटा गत मंसिर ०४ को चुनावमा पनि देशका केही जिल्लामा देखापर्‍यो। कांग्रेसभित्रका केही युवा र १ महिना पहिले गरेको शुद्धीकरण अभियानले पार्टीभित्र अनुशासनको कमी र लोकतन्त्र भनेको मनपरी तन्त्र जस्तै हो भन्नेपनि देखायो।

चुनाव सम्पन्न भएपछि जनतालाई वर्गीकरण गर्न कदापि पाइँदैन। एउटै धारा, सडक, विजुलीको प्रयोग गर्ने, संस्कृतिको संरक्षण गर्ने र गाउँबस्तीमा मिलेर बसेका जनताका पीरमर्का, चुनावताका मत माग्न गएका जनप्रतिनिधिलाई थाहा नहुन सक्छ। अझ समानुपातिक तर्फबाट सांसद बन्न पुगेका जनप्रतिनिधिलाई त आफ्नो जिम्मेवारी कम महसुस हुन सक्छ। यस्तो अवस्थामा मर्यादित भएर एकआपसमा छलफल गरी मर्कामा परेको समाजका नागरिकबारे सरकारले सम्बोधन गर्नु जरुरी देखिन्छ।

राजनीति केवल विरोध गरिहाल्ने विषय मात्रै पनि होइन। देशको नीतिको मूल मेरुदण्ड पनि भएकोले राजनीति नेताहरूमा शिष्टाचारको ठूलो महत्व हुन्छ। नैतिक शिक्षा, शिष्टाचार, वन्धुत्वको करिब करिब खडेरी परेझैँ देखिन्छ, वर्तमान राजनीतिमा। अझ संसद्मा चलेको जुहारी देख्दा त हाम्रा जनप्रतिनिधिहरूकस्तो राजनीतिक पाठशालाबाट दीक्षित भएर आउनुभएको रहेछ सहजै अनुमान लगाउन सकिन्छ।

देशका लागि महत्वपूर्ण समय विकास विपरित व्यतित भैरहेछ। सबैथरी नेताहरू विविध समारोहहरूमा आपसी घोचपेचमा बिताइरहेछन्। भारतका समाजवादी चिन्तक चन्द्रशेखरले नेपालमा राजनीतिक परिवर्तनका पाहुना भएर आएका बेला चाक्सीवारी काठमाडौँमा बोलेको कुराको याद आउने गर्छ। उनले भनेका थिए–अरूको राजनीतिक तेजोवध गर्दा त्यसको प्रभाव सिधा आफैँलाई पर्छ। नेपाल नरेश वीरेन्द्र, प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको तेजोवध गर्ने काम तुरुन्त वन्द गर्नुहोस्, यदि यसो गर्नुभएन भने...।

आखिर परिणाम त्यसबेला के भयो? जगजाहेर छ। अहिले पार्टी पार्टीवीच तीव्र धु्रवीकरणको आभास देखिँदैछ। भ्रष्टाचारले परम सीमा नाघेको छ। यसबेला अंशबन्डाको राजनीतिका लागि सत्तासीन र प्रतिपक्षी दलले समेत यसो गरेका हुन् भने निकै खतरा हुनसक्छ। जल, जमिन र जंगलले भरिपूर्ण हाम्रो मुलुकमा विकास गर्न कुनै अप्ठेरो छैन। अप्ठेरो छ भने राजनीतिक पार्टीबीच मिलनविन्दुमा देखिन्छ।

निर्वाचित पार्टी सभापति विरुद्ध देशभर माहोल खडा गरी अविश्वासको प्रस्ताव ल्याउने र संसदीय दलको नेता फेर्ने बहसको उपयुक्त बेला हो कि होइन ? वर्तमान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर भएर सोच्नुपर्ने बेला आएको देखिन्छ।

इच्छाशक्ति सबैभन्दा ठूलो आत्मबल हो। सानो मुलुक र थोरै जनसंख्या भएका राष्ट्रका हामी जनता राष्ट्रका प्रति जति वफादारी र इमानदार छौँ, आफ्नो अमूल्य मत खसालेका आफ्ना जनप्रतिनिधिप्रति त्यति नैं आशावादी छौँ। त्यसैले पनि आफ्ना मुलुकका भावी सन्ततिको भाग्य र भविष्यका लागि सबै जनप्रतिनिधिले राजनीतिक बेइमानी त्याग्नुु वर्तमानमा आवश्यक देखिन्छ। एकातिर नयाँ नयाँ राजनीति दलमा उदीयमान उपस्थिति, अर्काेतिर पुराना र देशको जनक्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै आएका राजनीतिक दलका शीर्षस्थ नेताबीच आपसीकटुताले युवा र आमनागरिक ती पार्टीप्रति विश्वस्त नहुन सक्छन्। राजनीति, हिउँदमा एकैधारमा बग्ने कर्णाली र कोसी नदीपनि होइन, वर्षामासमा बाढी नि आउन सक्छ।

डडेल्धुरा रुवाखोलाको चिसो हावापानीमा बाल्यकाल बिताएका र प्रजातन्त्र प्राप्तिका लागि १० वर्ष कारागार जीवन बिताएको नेता हुनुहुन्छ देउवा।

सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूको केही दिनपहिले सम्पन्न बैठकले पार्टीभित्रका र सरकारका काम कारबाहीको चर्काे विरोध गरे। जुन प्रजातन्त्रको सुन्दर पक्ष हो। तर प्रष्टरूपमा दुई धारमा देखिएका सभापतिहरूको शैली र सोचले गाउँ, एकाइ, वडासम्ममा पनि झगडा झांगिएको रहेछ भन्ने कुराको वोध गरायो। जुन कुरा लोकतन्त्र बचाउन र कांग्रेसको आन्तरिक राजनीतिलाई व्यवस्थित गर्न रुचिकर विषय नहुन सक्छ। खादा, माला र भोजभतेरले लोकतन्त्र बचाउन सकिँदैन। वीर पुर्खाको वलिदानीलाई सम्झनु आजको आवश्यक राजनीतिक खुराक हो भन्न सकिन्छ। 

प्रकाशित: २७ असार २०८० ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App