२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
विचार

सक्रियताबाट स्वास्थ्य

सन्दर्भ विश्व स्वास्थ्य दिवस

‘शरीरमाद्यं खलु धर्मसाधनम’-प्राचीनकालका ऋषि

भन्नुको मतलव शरीर नै धर्म र कर्मको श्रेष्ठ साधन हो। यस कारण आफ्नो शरीरलाई स्वस्थ राख्नु हाम्रो प्रथम कर्तव्य हो। किनकि शरीर स्वस्थ नभए धर्म र कर्म कुनै पनि हुनै सक्दैन। कुनैकुनै ऋषि भन्नु हुन्छ कि मानव शरीर आत्माको मन्दिर हो। यस कारण शरीरको शुद्धताको विशेष ख्याल राख्नुपर्छ।

आयुर्वेदका अनुसार मानव जीवनमा चार थरीको महासुखहुन्छ। जसमध्ये पहिलो हो निरोगी काया। दोस्रो हो धन प्राप्ति। तेस्रो हो मधुर बोल्ने श्रीमती र चौथो हो आज्ञाकारी सन्तान। वास्तवमा स्वस्थ रहनु एउटा कला हो र यो सबैभन्दा ठूलो सुख पनि हो। जीवनको आनन्द लिन शरीर स्वस्थ राख्नु अति आवश्यक छ। शरीरमा कुनै पनि कष्ट भएको बेला एक दिन पनि वर्ष जस्तै लाग्छ। शरीर स्वस्थ भए मात्रै मन स्वस्थ रहन्छ। यस कारण शारीरिक स्वास्थ्यजति राम्रो रहन्छ मानसिक स्वास्थ्य पनि त्यति राम्रो रहन्छ।

मान्छेहरू धन प्राप्तिका लागि स्वास्थ्य खराब गरिदिन्छ पछि त्यसै धनको उपयोग स्वास्थ्य ठीक गर्नमा लगाउँछ। अब आफूमा भर पर्छ कि गाएर व्यायाम गर्ने हो कि रोएर। अल्छीले गर्दा मान्छे थरी थरीको बहाना बनाएर स्वास्थ्य खराब पार्छन्। पछि पछूतो हुन्छ।

सामान्य रूपमा स्वास्थ्य भनेको शरीरलाई स्वस्थ राख्नु हो। यस्तो बुझिन्छ तर स्वास्थ्यको असली मतलब यो होइन। विश्व स्वास्थ्य संगठनले १९७४मा स्वास्थ्यको विस्तृत परिभाषा दिएको थियो त्यसका अनुसारशारीरिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक दृष्टिकोणले सन्तुलित हुनुको अर्थ स्वास्थ्य हो। यस प्रकार एउटा अर्को कुरा पनि थाहा हुन्छ कि रोग नहुनु मात्र स्वस्थ हुनु होइन।  

शारीरिक स्वास्थ्य-पहिला पचपन्नदेखि साठी वर्षसम्मको मान्छे निरोगी रहन्थ्यो। तर अहिले चालीस वर्ष कटेपछि थुप्रै प्रकारका रोग हाम्रो शरीरमा लाग्न थाल्छ। यसको प्रमुख कारण हो दैनिक मानसिक अशान्ति र असन्तुलित रहनसहन। वर्तमान समयको जीवनयापन एकदमै सरल र सजिलो छ। कुनै पनि प्रकारको शारीरिक मेहनतको काम छैन। यस कारण शरीरको आन्तरिक सञ्चार व्यवस्था खराब भइसकेको छ।

शारीरिक स्वास्थ्य राम्रो राख्न खानपिनमा विशेष ध्यान दिनुपर्छ। मान्छेहरू कहिले धेरै समयसम्म केही खाँदैन, कहिले आवश्यकता भन्दा बढी खान्छन्। हतार–हतारमा खाना खानु पनि राम्रो होइन। जहिले पनि हामी राम्रोसित चपाएर खानुपर्छ।

मानसिक स्वास्थ्य–हुन त थुप्रै विज्ञहरूले मानसिक स्वास्थ्यको परिभाषा दिएका छन् तर सामान्य अर्थमा ‘मानसिक स्वास्थ्य भन्नाले एकाग्रता, आत्मविश्वास, साहस, धैर्य, सकारात्मक सोच र उमंग हो।’ सुखी जीवनको कुरा होस् वा सफलताको कुरा होस्, मानसिक स्वास्थ्यबिना केही हुन सक्दैन। हाम्रो शरीरमा सबैभन्दा महत्वपूर्ण स्थान हाम्रो मस्तिष्क को हो। मस्तिष्क स्वस्थ छ भने हामी सबै काम राम्रो तरिकाले गर्छौँ तर मानसिक दुर्बलता छ भने कुनै पनि काम राम्रो तरिकाले हुन सक्दैन।मानसिक दुर्बलता भनेको निराशा,एकहोरोपन, डर, अनिन्द्रा वा जहिले पनि नकारात्मक भाव राख्नु हो।

विश्व स्वास्थ्य संगठनका अनुसार बजारमा उपलब्ध ३० प्रतिशत औषधि नक्कली छन्। असली औषधिमा कमिसन कम हुन्छ। नक्कली औषधिमा कमिसन ज्यादा हुन्छ। यस कारण पसलको मान्छे नक्कली औषधि बढी दिन्छ। यस कमिसनबाट तलदेखि माथिसम्मका मान्छेले फाइदा लिन्छन्। यस कारण कानुनी कारबाही हुने कुरै छैन। डाक्टरहरू नक्कली जाँच लेख्छन् र धेरै औषधि पनि लेख्छन्। अहिलेका मान्छे तीनवटा ‘डि’को फन्दामा छन्-डिजिज (रोग), डाक्टर र ड्रग्स (लागु औषध)। कुनै डाक्टरले भगवानसित प्रार्थना गर्दा के माग्ला? निश्चित रूपमा रोगीको संख्या वृद्धि होस्। अब हामी हेर्छौँ कि डाक्टर पनि नराम्रो औषधि पनि नराम्रो। यस कारण डाक्टर र औषधिसित छूटकाराका लागि शरीरलाई स्वस्थ राख्न अति आवश्यक छ।

मानसिक स्वास्थ्यका लक्षण

आत्मविश्वासको भावना

धैर्यसाथ कार्य गर्ने क्षमता

आफ्नो कमी/कमजोरी खत्तम गर्ने प्रवृत्ति

जहिले पनि सिक्ने भावना

मनमा सधैँ आनन्दको स्थिति रहिरहने

शान्तिपूर्वक विचार/विमर्श गर्ने क्षमता

अर्काप्रति सम्मानको भावना।

मानसिक स्वास्थ्य ठीक राख्ने उपाय–मानसिक स्वास्थ्य ठीक राख्न प्रतिदिन ७ देखि ८ घन्टाको निन्द्रा आवश्यक छ। वर्तमान समयमा निद्राको समस्या चारैतिर बढ्दै गएको छ। सुत्न सबै भन्दा राम्रो समय हो, १० बजेदेखि ६ बजेसम्मको। दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ। वर्तमान समयमा अति व्यस्तताले गर्दा मानव जीवनको व्यवस्था पूर्णरूपमा असन्तुलित भएको छ। जसले गर्दा अल्छी र नकारात्मक क्रियाकलापमा वृद्धि भएको छ। जहिले पनि हामीले सकारात्मक सोच राख्नुपर्छ। सकारात्मक सोचले हाम्रो आनन्द बढाउँछ। जसले गर्दा मस्तिष्कका सेलहरू शक्तिशाली बनिरहन्छ।

मनोवैज्ञानिक स्वास्थ्य–वर्तमान समयमा शरीरमा लाग्ने बिमारीहरूमध्ये चालीस प्रतिशत रोग मनोवैज्ञानिक हुन्छ। यसको शरीरमा वास्तविक कुप्रभाव हुँदैन तर मान्छेलाई लाग्छ कि कुनै न कुनै समस्या छ। हामी पनि कतिपटक देख्छौं केही कष्ट भएका बेला उपचारका लागि जान्छौँ, स्वास्थ्य चाँच गराउँछौँ तर डाक्टरले कुनै समसया देख्दैनन्। यस्ता मनोवैज्ञानिक रोगहरूलाई साइको सोमेटिक भनिन्छ। साइको सोमेटिक रोगहरूको प्रभाव मन माथि हुन्छ, शरीरमाथि हँुदैन। यस कारण यस्ता बिमारीहरूको उपचार मनबाट गर्नुपर्छ।

सामाजिक स्वास्थ्य–सामाजिक स्वास्थ्य भन्नाले स्वच्छता र राम्रो सम्बन्ध हो। हामी जहाँ रहन्छौँ त्यहाँ सफा राख्नु हाम्रो कर्तव्य हो। तर मान्छेहरू लापरबाहीले गर्दा केही गर्दैन। आफ्नो जिम्मेवारी अर्कामाथि थोपरिइरहन्छ। त्यस्तै हाम्रो वरिपरिको सम्बन्ध पनि राम्रो हुनुपर्छ। एउटा अध्ययनमा पत्ता लागेको छ–मान्छेहरू परायासँग राम्रो तरिकाले कुरा गर्छन् र आफन्तमा अहंकारपूर्ण व्यवहार गर्छन्। हामी निकट सम्बन्ध राम्रो तरिकाले चलाउन सकेनौं भने यसको मतलब हामी सामाजिकरूपमा रोगी छौँ।

आध्यत्मिक स्वास्थ्य–आध्यात्मिक दर्शनमा मानवका छवटा शत्रु छन्। यो हो काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेष। यो छवटामा पहिलो तीनवटा प्रत्यक्ष शत्रु हो र पछिल्लो तीनवटा अप्रत्यक्ष शत्रु हो। जुनबेलासम्म यो शत्रुहरूको प्रभाव हाम्रो जीवनमा रहन्छ त्यो बेलासम्म आध्यात्मिक स्वास्थ्य प्राप्त हुँदैन। यसै छवटा शत्रुका कारण बिनापूर्णविराम लगातार भौतारिइरहन्छौँ। यसैका कारण हामी आफ्नो मृत्युलाई पनि बिर्सन्छौँ।

टेक्सासमा एउटा उखान छ–सबै स्वर्गवासी हुन चाहन्छ तर मर्न कोही चाहँदैन। त्यस्तै हामी सबै स्वस्थ हुन चाहन्छौँ तर यसका लागि केहीे पनि गर्दैनन्। जसरी हामी धन बचाउनका लागि लगानी गर्छौँ, त्यस्तै निरोगी हुन स्वास्थ्यमा पनि निवेश गर्नुपर्छ।

राम्रो स्वास्थ्यका लागि निम्नलिखित कुरामा विशेष ध्यान दिनुपर्छ-

१. प्रातःकालमा एक सय पटक वा पाँच मिनेटलामो र गहिरो सास लिने र छाड्ने।

२. ४० मिनेटको दैनिक वाकिङ गर्ने वा ३० मिनेट योगासन गर्ने।

३. दैनिक ८ देखि १० गिलास पानी पिउने।

४. दैनिक खानपानमा नूनको प्रयोग कम्ती गर्ने।

५. बढी चिसो र तातो कहिले नखाने।

६. सकेसम्म दिनभरि लामो र गहिरो सास लिनु र छोड्नुपर्छ।

७. दैनिक पाँच मिनेटसम्म ॐ उच्चारण गर्ने।

जन्मदेखि मरणसम्म जीवन जिउन जुन शक्ति प्राप्त हुन्छ त्यसको तीनवटा माध्यम हो-खाना, निद्रा र शान्ति। विशेष रूपमा यस तीनवटा कुरामाथि ध्यान दियो भने जीवन सुखी र स्वस्थ भइहाल्छ।

(लेखक माइन्ड मैनेजमेन्ट मुभमेन्टका प्रणेता हुन्।)

प्रकाशित: २४ चैत्र २०७९ ००:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App