४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

हाइड्रोजन ऊर्जाको भविष्य

प्रधानमन्त्री पुष्पकमल दाहालले केही हप्ताअघि सोलुखोला दूधकोसी हाइड्रोइलेक्टिक प्रोजेक्टको उद्घाटन गर्ने क्रममा आफू हाइड्रोजन कार चढ्न तयार रहेको बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशको प्रमुख कार्यकारीले हाइड्रोजन ऊर्जाबाट हिँड्ने कार चढ्न सल्लाह दिएकाले आफू छिटै आधुनिक सवारी साधन प्रयोग गर्ने बताए प्रधानमन्त्री दाहालले। डिजेल, पेट्रोल, ग्यास र बिजुलीबाट चल्ने सवारीसाधनको बारेमा मात्र जानकारी पाएका सर्वसाधारणले हाइड्रोजनबाट हिँड्ने कारको आवश्यकता र औचित्यको भेउ पाउन सकेनन्। बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बखत मुस्ताङ कार चढेर राजनीतिक स्टन्ट देखाएभैmँ कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डले अर्को जादू देखाउन खोजेका हुन् कि भन्ने जनबुझाइ देखिन्छ। सर्वसाधारणको भ्रम चिर्न हाइड्रोजन ऊर्जाको परिचय गराउनु यो आलेखको लक्ष्य हो।  

अस्तित्वमा रहेको एक सय भन्दा अधिक तŒवमध्यको सबै भन्दा हलुंगो हाइड्रोजन ग्यासको पेरियोडिक टेबलमा बेग्लै स्थान छ। सयौँ वर्षदेखि ऊर्जाका रूपमा प्रयोग हुँदै आएको काठ, कोइला तथा खनिज तेलले वातावरण प्रदूषण मात्र गरेको छैन बरु पृथ्वीको तापक्रम विस्तारै बढ्दै गयो। ग्लोबल वार्मिङका कारण समुन्द्री सतह उकासियो। सामुन्द्रिक तटका सहरहरू डुबानमा परे। खनिज पदार्थ दोहनका कारण नाइट्रोजन अक्साइड, कार्बनडाइ अक्साइड, कार्बनमोनो अक्साइडलगायतका विषाक्तताका कारण रोगव्याधि बढे अनि ग्लोबल वार्मिङ चुनौती बन्यो। खनिज तेलको प्रयोगको विकल्प खोज्नु आवश्यकता बन्यो।  

खनिज तेल दोहनका कारण विभिन्न किसिमका खराब ग्यास निस्कन्छन् भने हाइड्रोजन ग्यास बल्दा केबल पानी बन्छ। एक किलो हाइड्रोजन ग्यास बल्दा झण्डै ४ किलो खनिज तेल भन्दा अधिक ऊर्जा उत्पादन हुन्छ। खराब ग्यास पनि ननिस्कने अनि अधिक मात्रामा इनर्जी उत्पादन भएपछि हाइड्रोजन ग्यास वैकल्पिक ऊर्जाको स्रोत थियो नै। खनिज तेलको तुलनामा निकै महँगो हुनाले हाइड्रोजनले ऊर्जा बजारमा आफ्नो औचित्य पुष्टि गर्न सकेको थिएन। तर हाइड्रोजन ग्यासले अन्तरिक्षमा जाने रकेटको ऊर्जाको आवश्यकता भने लामो समयदेखि पूरा गर्दै आएको छ। समान तौलको हाइड्रोजन ग्यासले पेट्रोल भन्दा अत्यधिक ऊर्जा उत्पादन गर्ने भएपछि रकेटको तौल व्यवस्थापनमा सहयोग पुग्यो।  

खनिज तेलको अत्यधिक प्रयोगले पृथ्वीको तापक्रम बढ्न गइ केही शताब्दीपछि मानव अस्तित्व संकटमा पर्ने वैज्ञानिक प्रक्षेपणले विश्वका राजनीतिक नेतृत्वलाई पेट्रोलियम पदार्थको विकल्प खोज्न घचघच्याएको हो। वैकल्पिक ऊर्जाको खोजी हँुदा हाइड्रोजन चर्चामा आएको छ।  

सन् १९८७ मा नेपाल जस्तै भूपरिवेष्ठित अफ्रिकन देश मालीको बउरोकबगाउ भन्ने गाउँमा पानीका लागि पाइप गाड्दा जलको बदला जमिनबाट हावा आउन थाल्यो। उक्त स्थानमा चुरोट सल्काउँदा एक व्यक्ति आगोको लप्कामा परेको घटनाले चर्चा पायो। ल्याब परीक्षण गर्दा उक्त पाइपबाट ९८ प्रतिशत शुद्ध हाइड्रोजन ग्यास आएको ठहर भयो। उक्त ग्यास कुवाको संसारभर चर्चा भयो। अन्तमा पेट्रोलमा भन्ने तेल तथा ग्यास कम्पनीले उक्त क्षेत्रको उत्खननको ठेक्काको एकाधिकार लियो। कम्पनीले मुनाफा आर्जन गर्‍ यो। अरबको पेट्रोलियम कुवाभैmँ विश्वभर चर्चा पायो मालीको हाइड्रोजन ग्यासको पाइपले।  

पेट्रोलियम पदार्थ जस्तै पृथ्वीको गर्भमा हाइड्रोजनको भण्डारण रहेको मालीको घटनापछि संसारभर खानीको खोजी गर्न धेरै कम्पनी लागे। वैज्ञानिकहरू ल्याब परीक्षणमा होमिए। पृथ्वीको गर्भमा रहेका पेट्रोलियम कुवाहरू केही वर्षको दोहनपछि रित्तिने तर हाइड्रोजनको भण्डारण कहिल्यै पनि खाली नहुने आधार पुष्टि गरे वैज्ञानिकहरूले। पृथ्वीको गर्भमा रहेको पानी सहजै हाइड्रोजनमा रूपान्तरण हुने तथ्य बाहिरियो। जमिनमुनि आइरन ओर (ओलिभाइन) पानीको सम्पर्कमा पुग्दा अत्यधिक तापक्रमका कारण हाइड्रोजन ग्यास र आइरन अक्साइड (सर्पेन्टिनाइट)मा रूपान्तरण हुन्छ। पृथ्वीको आन्तरिक तापक्रम सदैव अत्यधिक रहने भएकाले गर्भमा रहेको पानीको खोलाबाट निरन्तर हाइड्रोजन ग्यास पैदा हुन्छ भन्ने वैज्ञानिक आकलन रह्यो। यसरी भूगर्भबाट निस्कने ग्यासलाई गोल्ड हाइड्रोजन भनिन्छ।  

वर्षभर नै पारिलो घाम लाग्ने अनि अनवरतरूपले हावा बहने अफ्रिकन देशले सोलार र बिन्ड पावर प्लान्टमार्पmत विद्युत् उत्पादन गरे। रिन्युएबल इनर्जीको स्रोत भएकाले सोलार र बिन्ड इनर्जीले वातावरणलाई नकारात्मक प्रभाव पार्दैन। कलकारखाना नभएकाले अफ्रिकी मुलुकमा उत्पादित बिजुलीको पूर्ण खपत भएन। अफ्रिकी मुलुक, नामिबियाले आफ्नो बचत भएको बिजुली प्रयोग गरी हाइड्रोजन ग्यास उत्पादन गर्ने रणनीति ल्यायो। हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्ने भएकाले जललाई विद्युतीय प्रक्रियाबाट विच्छेद गरी सहजैरूपले ती दुई हावा निकाल्न सकिन्छ। नामिबियाले आफ्नो बचत इनर्जी प्रयोग गरी सन् २०२६ पछि वार्षिक ३ लाख टन हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ हाइफल हाइड्रोजन इनर्जी भन्ने कम्पनीसँग संझौता गर्‍ यो। नामिबियाको मार्ग अनुशरण गर्र्दै धेरैवटा देशले हातेमालो गरी अफ्रिकालाई ग्रिन हाइड्रोजन हबका रूपमा विकास गर्ने दिशामा लागे। पानीलाई बिच्छेद गरी हाइड्रोजन बनाउँदा स्वाभाविकरूपले हस्पिटलका लागि अत्यावश्यक अक्सिजन ग्याससमेत उत्पादन हुने भएकाले ग्यास बिक्रीमार्पmत अफ्रिकाको आर्थिक अवस्था सबल हुने देखियो। यसरी रिन्युएबल विद्युत् प्रयोग गरी हाइड्रोजन उत्पादन गर्दा ग्रिन हाउस ग्यास उत्पादन नहुने भएकाले त्यस्तो हावालाई ग्रिन हाइड्रोजन भनिन्छ।  

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा विरोधलाई मत्थर पार्न रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई बेच्ने तेलको मात्रा कटौती गर्‍ यो। खनिज तेलको मात्रा घटेपछि युरोपमा पेट्रोलियम पदार्थको मूल्य आकासियो। जाडोमा घर तताउन पनि गाह«ो हुने अवस्था आयो। विदेशी ऊर्जामा भर पर्दा ठूलो समस्या खेप्न पुगेको जर्मनी सरकारले हालै केमिकल उत्पादक बास्फसँग ५ हजार मेट्रिक टन हाइड्रोजन उत्पादन गरिदिने गरी १३ करोड अमेरिकी डलरको संझौता गर्‍ यो। सन् २०२५ उप्रान्त बास्फले उत्पादन गरेको हाइड्रोजनले ऊर्जा आवश्यकता धान्न केही सहयोग पुग्ने आशा गर्यो जर्मनीले। त्यस्तै हालै संयुक्त राज्य सरकारको ऊर्जा मन्त्रालयले इन्धनका लागि हाइड्रोजन उत्पादन गर्न झण्डै ७ अरब लगानी गर्ने निर्णय गर्‍ यो।

रसियाले युरोपियन मुलुकहरूलाई खनिज तेलमा नाकाबन्दी गरी घँुडा टेकाउन खोजेपछि पेट्रोलियम पदार्थमा झण्डै एकाधिकार रहेका अरब मुलुकहरूले जोरी खोजेको खण्डमा विश्व ऊर्जा बजारमा पार्न सक्ने प्रभावले धेरैलाई झस्कायो। वैकल्पिक ऊर्जाको उत्खनन संसारको आवश्यकता बन्यो। वातावरणीय हिसाबले कुनै पनि नकारात्मक प्रभाव नपार्ने हाइड्रोजन ग्यासको उत्पादन आवश्यकता बन्यो। खनिज तेलको प्रयोग गरी पानीबाट उत्पादन गरिने हावालाई ग्रे हाइड्रोजन भनिन्छ। उत्पादनका क्रममा पृथ्वीको तापक्रम आकासिने भएकाले ग्रे हाइड्रोजनको प्रयोगमा वातावरणकर्मीको रुचि रहेन। तसर्थ, पृथ्वीको गर्भबाट निस्कने गोल्ड हाइड्रोजन र सोलार, हावा तथा हाइड्रोपाबर प्रयोग गरी उत्पादन गरिने ग्रिन हाइड्रोजनमा सबैको आँखा गड्यो।  

मालीको कुवा उत्खननपछि संसारका विभिन्न देशमा हाइड्रोजनको प्राकृति भण्डार खोज्ने काम सुरु भयो। उपयुक्त उपकरण र प्रविधिको अभावमा भूगर्भमा ग्यासको उत्खननले गति लिन नसकेको ठान्छन् युनिभर्सिटी अफ् बर्नका जियोकेमेस्ट्रीका प्राध्यापक एरिक गौचर। तर पेट्रोलका कुवाभैmँ पृथ्वीमा धेरै हाइड्रोजन भण्डार भएको कुरामा डा. गौचर विश्वस्त छन्। हाइड्रोजन भण्डारण पत्ता लगाउन सकेको खण्डमा अत्यधिक तापक्रम र प्रेसरमा रहेको भूगर्भमा एउटा पाइपबाट पानी पठाएर आइरन ओर को अक्सिडेसन रियाक्सनपछि उत्पादित हाइड्रोजन अर्को दुलोबाट निकाल्नसमेत असम्भव छैन भन्छन् डा. गौचर। भूगर्भमा अन्तरनिहित थर्मल इनर्जीलाई प्रयोग गरी पानीलाई हाइड्रोजनमा रूपान्तरण गर्न सके संसारभरका लागि ग्रिन हाइड्रोजनमार्पmत ऊर्जा आपूर्ति गरी पृथ्वीलाई ग्लोबल वार्मिङबाट जोगाउन सकिने देखियो। जियोलोजिकल सोसाइटी अफ अमेरिकाका वैज्ञानिकहरूले सन् २०२२ को अक्टुबरमा उपलब्ध स्रोत, साधन र मोडल प्रयोग गरी तयार गरेको प्रक्षेपणका अनुसार सन् २१०० सम्ममा पृथ्वीको ऊर्जा आवश्यकताको झण्डै ५० प्रतिशत हाइड्रोजनले धान्ने देखियो। उपलब्ध तथ्यांक र वैज्ञानिक निचोड नियाल्दा बिस्तारै ऊर्जाको मुख्य स्रोत पेट्रोलियम पदार्थबाट हाइड्रोजनउन्मुख हुने देखियो।  

हाइड्रोपावरमा धनी नेपाल रिन्युएबल इनर्जी प्रधान देखियो। आन्तरिक खपतको तुलनामा विद्युत्को उत्पादन बढी देखिएकाले ग्राहकलाई खाना पकाउन एलपी ग्यासको बदला बिजुलीको खपतमा हौस्याउँदैछ विद्युत् प्राधिकरण। कुनै नियोजित योजना नभएका कारण निकट भविष्यमा बिजुली खेर जाने अवस्था देखियो। बिजुलीको प्रयोगमार्पmत पानीलाई विद्युतीय प्रक्रियामार्पmत हाइड्रोजन र अक्सिजन ग्यासमा रूपान्तरण गर्न सकिन्छ। उत्पादित अक्सिजन अस्पताल तथा अन्य औद्योगिक प्रयोगका लागि प्रयोग गरी सकिन्छ। त्यस्तै उत्पादित हाइड्रोजनका लागि विश्व बजार खुला देखियो। त्यसका अतिरिक्त उत्पादित हाइड्रोजन र वायुमण्डलमा रहेको नाइट्रोजन ग्यास प्रयोग गरी केमिकल प्रक्रियामार्पmत अमोनिया ग्यास बनाउन सकिन्छ। अमोनिया ग्यास युरियालगायतका विभिन्न मलखाद तथा कीटनाशक ओखतीमा प्रयोग हुने भएकाले कृषि उत्पादनसमेत बढाउन सकिन्छ। अफ्रिकी देश मालीमा भेटिएको गोल्ड हाइड्रोजन नेपाली सरहदमा समेत पाइन सक्ने भएकाले भूगर्भको उत्खननमा समेत ध्यान दिन आवश्यक देखियो। तसर्थ, हाइड्रो इनर्जी प्रयोग गरी पानीबाट ग्यास उत्पादन गर्ने तथा गर्भमा लुकेको हाइड्रोजनको पोखरीको उत्खननमा देशले प्राथमिकताका साथ लगानी गर्न आवश्यक छ। हाइड्रोजनबाट चल्ने सवारी भित्र्याएर पेट्रोलको परनिर्भरता पनि कम गर्न सकियो। अफ्रिका महादेशले आफूलाई हाइड्रोजन हबका रूपमा विकास गर्न सक्छ भने प्राकृतिकरूपले नै ऊर्जाको धनी नेपालले ग्यास ऊर्जा निर्यात गरी विदेशी मुद्रा कमाउन नसक्ने भन्ने कहाँ छ र?

प्रकाशित: २१ चैत्र २०७९ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App