१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सम्पदा पुनर्निर्माणका डेढ वर्ष

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष पूरा भइसकेको छ । त्यसबीचमा मुलुकको पहिचान र सार्वजनिक सम्पत्तिका रूपमा रहेका हाम्र्रा ऐतिहासिक एवं पुराताŒिवक धरोहर के÷कति संख्यामा बनिसके, कति निर्माणाधीन अवस्थामा छन् अनि त्यस्ता सम्पदाको पुनर्निर्माण एवं पुराना बस्तीको पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण के–कस्तो अवधारणका साथ अगाडि बढिरहेको छ भन्नेबारे आमनागरिकमा गम्भीर चासो हुनु स्वभाविकै हो । यस सन्दर्भमा आर्थिक वर्ष २०७२÷७३ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सरोकारवाला निकायमार्फत् हालसम्म भए–गरिएका सम्पदा पुनर्निर्माणसम्बन्धी कार्यबारे जानकारी हुनु जरुरी छ ।  
रानीपोखरी र धरहरा
२०७२ माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण कार्यको गुरुयोजनाको अनावरणसहित शिलान्यास गरेपश्चात् ऐतिहासिक एवं पुराताŒिवक महŒवका सम्पदाको पुनर्निर्माण औपचारिकरूपमा प्रारम्भ हुन पुग्यो । रानीपोखरी पुनर्निर्माण कार्यको टेन्डर स्वीकृत भई निर्माण व्यवसायीमार्फत् आसन्न भाइटीकासम्ममा कार्य सम्पन्न गर्ने गरी कार्य भए पनि कारणवश बीचमा रोकिन पुग्यो जसको पुनर्निर्माण चाँडै सुचारु हुने अपेक्षा छ ।
धरहरा पुनर्निर्माण कार्य नेपाली जनताबाट संकलन भएको रकमबाट गर्ने मनसायबमोजिम ‘मेरो धरहरा म बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनर्निर्माण कोषमा हालसम्म ३ करोडभन्दा बढी रकम संकलन भइसकेको छ । विद्यमान नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय रहेको जग्गा र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको गोश्वारा हुलाक घर भएको भूमि समेटेर धरहरा निर्माण कार्य अगाडि बढाउने मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।
बुङमति
गत साल माघ २ गतेकै दिन तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौँ उपत्यकाको ललितपुरस्थित ज्यादै पुरानो बस्ती बुङ्मतिको गुरुयोजना अनावरण गरी परम्परागत र सांस्कृतिक महŒव बोकेको बस्तीको एकीकृत एवं योजनाबद्ध विकास गर्ने कार्य प्रारम्भ गरिएको थियो । बुङ्मतिमा स्थानीय उपभोक्ता समितिद्वारा चरणबद्धतवरले पुनर्निर्माण गर्ने सोचका साथ हाल बसपार्क निर्माण कार्य भइरहेको छ भने अर्कातर्फ त्यहाँको विस्तृत घरधुरी सर्भेक्षण कार्यसमेत सम्पन्न भई अनुदान सम्झौताको थालनी भएको छ ।
दातृनिकायको सहयोग
इतिहासको कुनै कालखण्डमा नेपाल खाल्डोका रूपमा ख्याति कमाएको काठमाडौँ उपत्यकाका प्रमुख तीन सहरमध्ये पाटन दरबार क्षेत्रको पुनर्निर्माण कार्य काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)मार्फत् अमानतमा भइआएको छ । साथै ऐतिहासिक, पुराताŒिवक एवं सांस्कृतिक महŒवका बुङ्मति (अमरपुरी), खोकना, साँखु (शंखरापुर)लगायतका पुराना बस्ती एवं झण्डै २३ सम्पदाको पुनर्निर्माण कार्यका लागि छिमेकी मुलुक भारतको सहयोग प्राप्त हुने निश्चितप्रायः भएको छ । त्यस्तै, अर्को छिमेकी मित्रराष्ट्र चीन सरकारले ऐतिहासिक हनुमानढोका राजदरबार परिसरभित्रको नौतले वसन्तपुर दरबार र नुवाकोटस्थित ऐतिहासिक साततले दरबारको पुनर्निर्माण कार्यका लागि सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
भक्तपुर दरबार क्षेत्रलगायतका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि जर्मनी सरकारबाट प्राप्त करिब १ अर्ब १० करोड रुपियाँबराबरको सहयोगमा भक्तपुर उपमहानगरपालिकामार्फत् त्यहाँका सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । ललितपुरस्थित बुङ्मतिको रातो मच्छिन्द्रनाथ मन्दिर र स्वयम्भूको आनन्दकुटी महाबिहारको पुनर्निर्माण कार्यका लागि श्रीलंका सरकार र पुरातŒव विभागबीच सम्झौता भइसकेको छ । दोलखाको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर र तलेजु भवानीको पुनर्निर्माणका लागि स्विस सरकारसँग सम्झौता हुने भएको छ ।
दलहरूको सहभागिता
विभिन्न राजनीति दलका शीर्षस्थ नेताहरुद्वारा काठमाडौँ उपत्यकाका तीनवटै मध्यकालीन राजदरबार क्षेत्रका एक–एक वटा सम्पदाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । जसअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा पाटन मंगलबजारको मणिमण्डप, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा हनुमानढोका राजदरबार क्षेत्रभित्र पर्ने वंशगोपाल मन्दिर तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा भक्तपुरको फसिदेग (सिलुमहादेव) को शिलान्यास भएपश्चात तत्क्षेत्रमा सांस्कृतिक धरोहरहरुको पुनर्निर्माण कार्यले गति लिन थालेको हो ।
पुरातत्व विभागको कार्य
विनाशकारी भूकम्पका कारण पुरातत्व विभागको कार्यक्षेत्रअन्तर्गत पर्ने ७ सय ५३ वटा ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरु क्षतिग्रस्त भएको सन्दर्भमा हालसम्म विभागबाट ५० भन्दा बढी सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यका लागि बोलपत्र आह्वान भई १७ वटा सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । त्यसका लागि आवश्यक पर्ने २ अर्ब ४० करोड बजेटमध्ये हाल एक अर्बमात्र निकाशा भएका कारण बाँकी रकम पनि तत्काल निकासा गर्ने व्यवस्थाका लागि कारबाही अगाडि बढाउनुपर्र्ने देखिन्छ । स्मरणीय छ, गत आर्थिक वर्ष २०७२।७३को पुरातत्व विभागको वित्तीय प्रगति १७ दशमलव ६६ प्रतिशत र भौतिक प्रगति २७ दशमलव ५ रहेको छ ।
पुरातात्विक उत्खनन् र अनुसन्धान
गत सालको विनासकारी भूकम्पका कारण विशेषतः काठमाडौँ उपत्यका विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक महत्वका सम्पदामध्ये कतिपय पूर्ण क्षति भए, कति आंशिक त कति सामान्यरूपमा प्रभावित बने । तत्पश्चात सन् २०१५ मा युनेस्को काठमाडौँ, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरूपमा काठमाडौँ उपत्यकाका तीनवटै मध्यकालीन राजदरबार क्षेत्रको उद्धार उत्खनन् एवं अनुसन्धान गरेका थिए । जसअनुसार उक्त टोलीले भक्तपुर दरबार क्षेत्रको वत्सला मन्दिर, हनुमानढोका क्षेत्रको ऐतिहासिक धरोहर काष्ठमण्डप (मरुसत्तल) र पाटन दरबार क्षेत्रभित्र पर्ने चार नारायण मन्दिरको जगमा खुदाई ग¥यो । यी तीनवटै दरबार क्षेत्रमा गरिएको उत्खनन्को विस्तृत खोज एवं अनुसन्धान कार्य समेटेर पुरातत्व विभागले आफ्नो मुखपत्र प्राचीन नेपालको संख्या ९०–९१ मा प्रारम्भिक प्रतिवेदनसमेत प्रकाशित गरिसकेको छ । यसका अतिरिक्त पुरातत्व विभागले स्वयम्भू एवं बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको समेत उत्खनन् कार्य सम्पन्न गरिसकेको छ ।
संस्थाहरुको संलग्नता
ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यका लागि नेपाल सरकारको एकमात्र आधिकारिक निकाय पुरातत्व विभागका अतिरिक्त अन्य विभिन्न संघसंस्थाको पहलमा समेत भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण कार्यलाई अगाडि बढाइएको अवस्था छ । विश्व सम्पदा सूचीमा समावेश भएको बौद्धनाथ स्तूपाको पुनर्निर्माण कार्य बौद्ध क्षेत्र विकास समितिमार्फत करिव १८ करोडको लगानीमा सम्पन्न हुन लागेको छ भने ललित त्रिपुरासुन्दरी मन्दिर क्षेत्रलगायत थापाथलीदेखि त्रिपुरेश्वरसम्मको वाग्मती तटमा अवस्थित पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य पुरातत्व विभाग, गुठी संस्थान, काठमाडौँ महानगरपालिका, काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्तरूपमा गर्ने गरी कार्य अगाडि बढेको छ । विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति क्षेत्रका सम्पदाहरुको पुनर्निर्माणका लागि विनियोजित ७ करोड रुपियाँ खर्च हुन सकेन । यसका साथै ललितपुर विकासका लागि समाज, नुवाकोट सम्पदा गाउँ जस्ता संस्थाले कार्य अगाडि बढाएका छन् भने अन्य विभिन्न दातृनिकायसँग पनि सम्पदाहरुको पुनर्निर्माणका लागि छलफल अगाडि बढेको छ ।
ऐतिहासिक एवं प्रशासनिक भवनको पुनर्निर्माण
राणाकालमा निर्मित कैयाँै ऐतिहासिक भवन (जो हिजोआज केन्द्रीय प्रशासनिक भवनका रूपमा प्रयोगमा ल्याएका छन्) पनि भूकम्पका कारण क्षतिग्रस्त बनेका छन् । त्यस्ता भवनमध्ये ऐतिहासिक एवं पुरातात्विक मूल्य बोकेको देशकै सबैभन्दा विशाल प्रशासनिक भवन सिंहदरबारको पुनर्निर्माणसम्बन्धी डिजाइन कार्य तथा राष्ट्रपति निवास शितल निवास एवं उपराष्ट्रपतिको आवास रहेको भवनको समेत डिजाइन कार्य अगाडि बढाइएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंक वा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय न्यायिक प्रशिक्षण प्रतिष्ठान, निजामती कितावखाना, राष्ट्रिय पुस्तकालय रहेको भवनको पुनर्निर्माण कार्यका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन एकाइमार्फत परामर्शदाता छनोट कार्य अगाडि बढाइएको छ । राष्ट्रपति भवन पुनर्निर्माण कार्यका लागि थप समय लाग्ने भएकाले उक्त अवधिभरका लागि प्रि–फेव भवन निर्माण कार्यको टेन्डर भई बोलपत्र मूल्यांकनको क्रममा छ ।
उल्लिखित राणाकालीन भवनहरुको पुनर्निर्माण कार्य अगाडि बढाइएको सन्दर्भमा भूकम्पबाट क्षतिग्रस्त अन्य कैयौ ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका राणाकालीन भवनहरुको पुनर्निर्माण कार्य थालनी गर्नुपहिले रेक्टोफिटिङ गर्ने वा भत्काई पुनर्निर्माण गर्ने भन्नेबारेमा प्रत्येक भवनको आवश्यक अनुसन्धान हुन जरुरी देखिन्छ ।
पुराना बस्तीको पुनर्निर्माणसम्बन्धी मापदण्ड
मानवले ऐतिहासिक कालदेखि नै निरन्तररूपमा आवादी गर्दै आएका येँ (काठमाडाँै), थेचो, चापागाउँ, लेले, बाडेगाउँ, थैब, हरिसिद्धि, लुभु सुनाकोठी, बुङ्मति, खोकना, चोभार, फर्पिङ, किसिपिडी, बलम्बू, स्वयम्भू, गोकर्ण (उत्तरगया), खास्ती (बौद्ध), नगदेश, बोडे, ख्वप (भक्तपुर), साँगा, नाला, पनौती, नमोबुद्ध, टिस्टुङ, पालुङ, दोलखा, नुवाकोटलगायतका ५० भन्दा ज्यादा पुराना बस्तीहरुको संरक्षण र तिनलाई मौलिक स्वरूप र शैलीमा सुरक्षित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका त्यस्ता पुराना बस्तीहरुको पुनर्निर्माण कार्यका लागि तत्काल आवश्यक पर्ने योजना तथा भवन निर्माणसम्बन्धी मापदण्डका सम्बन्धमा प्रस्ताव तयार गरी छलफल कार्य अगाडि बढाइएको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा मापदण्ड निर्धारण समिति गठन गरिएको र सो समितिले पेश गरेको मस्र्यौदा मापदण्ड स्वीकृतिका लागि हाल सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढिरहेको छ ।
निष्कर्ष
निश्चितरूपमा विपद्पश्चातको पुराना बस्ती एवं सम्पदाहरुको पुनर्निर्माण कार्य हामीले सोचेजस्तो सरल र सहज छैन । त्यसमा पनि सम्पदाहरुको पुनर्निर्माण आफँैमा एउटा जटिल र चुनौतीपूर्ण कार्य हो । हरेक सम्पदा आआफ्नै प्रकृति, शैली, स्वरूप र विशेषताले युक्त छन् । प्रायः सम्पदा भिन्नाभिन्नै प्रविधि र सामग्रीहरुको प्रयोग गरी निर्माण गरिएका हुनाले ती हरेकको संरचनागत र परम्परागत वास्तु मूल्यको खोज, अनुसन्धान गर्न आवश्यक देखिन्छ । पर्याप्त बजेट, भूकम्पपश्चात वास्तुकृतिहरुको तत्काल संरक्षण एवं लगत संकलन, दक्ष कालीगढ, उचित तालिमको व्यवस्था, निर्माण सामग्रीको सहजता र उपलब्धता, पुरातात्विक उत्खनन् एवं अध्ययन, अनेक तहबीचको संरचनागत समन्वय, सम्पदा बस्ती संरक्षण तथा निर्माणसम्बन्धी मापदण्ड, एचआइए (हेरिटेज इम्प्याक्ट एसेसमेन्ट) अध्ययन जस्ता विविध सवाल, समस्या एवं चुनौती हल गर्दै विशेषज्ञहरुको राय सल्लाहमुताबिक प्राथमिकता क्रम र गुरुयोजनाका आधारमा हनुमान र भैरवको पदचालमा पुनर्निर्माण कार्यलाई गति दिन सकेमा मात्र हाम्रा सांस्कृतिक विरासतहरुलाई मुठ्ठीभर वर्षभित्रै पूर्ववत् मौलिक स्वरूप र शैलीमा फर्काउन सम्भव हुनेछ ।
अधिकृत, पुरातत्व विभाग                        

प्रकाशित: २२ कार्तिक २०७३ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App