१३ मंसिर २०७९ मंगलबार
विचार

बिपी र दक्षिण एसिया

बिपी कोइरालाको प्रभाव नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय जगतमा समेत फैलिएको थियो । उनी विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र स्थापनाका लागि सक्रिय थिए । भारतमा रहँदा महात्मा गान्धीसँगै सन् १९२९ मा जेल परेका थिए । उनको मित्रता भारतका समाजवादी नेता डा. राममनोहर लोहियासँग थियो । डा. लोहियाहरुले समाजवादी कांग्रेस पार्टी स्थापना गरेर भारत स्वतन्त्रताको आन्दोलनमा सरिक थिए । बिपी समाजवादी कांग्रेसको सदस्य भई अंग्रेजविरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुन थाले ।

वनारसमा अध्ययनरत बिपीको समाजवाद कांग्रेसको सदस्य भई अंग्रेजविरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुन थाले । वनारसमा अध्ययनरत बिपीको अंग्रेजविरुद्ध थालिएको आन्दोलनमा भाग लिने क्रममा नेता जयप्रकाश र आचार्य नरेन्द्रदेवसँग संंगत हुन थाल्यो । जयप्रकाश र नरेन्द्र देवले गठन गरेको पार्टीमा बिपीले सचिव भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । माक्र्सवादबाट प्रभावित ती भारतीय नेताहरु समाजवादी विचार आत्मसात गरी कांग्रेसबाट अलग भएका थिए ।

सन् १९४२ मा महात्मा गान्धीको नेतृत्वमा अंग्रेजविरुद्ध भारत छोडो आन्दोलन घोषणा भयो । त्यस आन्दोलनमा भारतीय समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियाले सक्रियरूपमा भाग लिएका थिए । त्यही सिलसिलामा उनीहरुले भारतको हजारीवाग जेल तोडेर नेपालको सप्तरी जिल्लामा आई भूमिगतरूपमा अंग्रेजविरुद्ध आन्दोलन जारी राखेका थिए । आन्दोलन सुरु भएलगत्तै राष्ट्रियस्तरका नेतालाई अंग्रेज सरकारले गिरफ्तार गरी बन्दी बनाइसकेको थियो । त्यही सिलसिलामा बिपी कोइराला पनि भारतमै गिरफ्तार भई हजारीवाग जेलमा बन्दी बनाए । उनीसँगै भारतीय नेता डा. राजेन्द्रप्रसाद तथा रामअनुग्रह सिंह समेत पक्राउ परेका थिए ।

बिपी निकै वर्ष भारतीय जेलमा बस्नुपरेको थियो । भारत स्वतन्त्र हुने पक्का भएपछि उनीहरुलाई जेलमुक्त गरिएको थियो । भारत स्वतन्त्र भएपछि बिपी भारतीय राजनीतिमा सक्रिय नभई मातृभूमि नेपालको राजनीतिमा आकर्षित हुन थाले । त्यतिबेला नेपालमा निरंकुश एकतन्त्रीय राणा शासन थियो । नेपाली जनता राणाका दासतामा जकडिन विवश थिए ।

नेपाललाई निरंकुश राणा शासनबाट मुक्त गराई प्रजातन्त्र स्थापना गराउनु पुनित कर्तव्य सम्झेर बिपीले भारतमै सन् १९४६ (२००३ साल) मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए । उनी प्रजातन्त्र स्थापनाका लागि देशभित्रका प्रजातन्त्रवादीसित सम्पर्क बढाई संगठन विस्तारमा लाग्न थाले । त्यस संगठनका आधारमा २००७ सालमा रौतहटको सीमावर्ती भारतीय सहर बैरगनियामा कांग्रेसले सम्मेलन गरी त्यही साल कात्तिक २६ गतेदेखि नेपालभित्र सशस्त्र क्रान्ति सुरु गरियो । क्रान्ति सफल भई फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना गरियो ।

प्रजातन्त्र स्थापना भए पनि आठ वर्षसम्म निर्वाचन हुन सकेन । विभिन्न किसिमका संघर्ष र सत्याग्रहपछि मात्र २०१५ साल फागुनमा आमनिर्वाचन सम्पन्न भयो । आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत ल्यायो र बिपी कोइरालाको नेतृत्वमा समावेशी सरकार गठन भयो । बिपीको प्रधानमन्त्रित्वमा बनेको सरकारले विकास निर्माणका धेरै काम ग¥यो ।

कोइरालाको व्यक्तित्वले आफूलाई तल पार्ने महसुस गरी सैनिक बलमा तत्कालीन राजा महेन्द्रले कांग्रेसको सरकार विघटन गरी सबैलाई गिरफ्तार गरी जेल हाले । बिपीलगायत कांग्रेसका सबै नेतालाई बन्दी बनाइयो । आठ वर्षको कठोर यातनापछि बिपी १९६८ मा जेलबाट छुटी भारत प्रवासमा गए । भारत प्रवासमा रहँदा नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि रणनीति बनाउन गाले । त्यही क्रममा भारतीय नेतासँगै विचारविमर्श सुरु गरे । युरोप, अमेरिकाका समाजवादीहरुसँग पनि बिपीको सम्पर्क बढ्न थाल्यो किनकि बिपीले एसियाका नेताको उपमा पाइसकेका थिए ।

बिपी सन् १९७६ मा लामो प्रवासपछि स्वदेश फर्कन लाग्दा दिएको विस्तृत वक्तव्यमा दक्षिण एसियाका देशहरुको राजनीतिबारेमा प्रकाश पारिएको थियो । वक्तव्यमा बिपीले भनेका थिए– भारतीय सर्वसत्तावादीले हामीलाई मन नपराए पनि समाजवादीलगायत भारतका अन्य नेता तथा जनताको राम्रो सहयोग र सहानुभूति छ । आज दक्षिण एसियाका हिन्दुस्तान, बंगलादेश, पाकिस्तान, भुटान, नेपाल, बर्मा र श्रीलंका अस्थिर अवस्थामा पुगेका छन् । हिन्दुस्थान जस्तो प्रजातन्त्र भएको देशमा पनि अस्थिरता छ ।

नेपाल जस्तो प्रजातन्त्र नभएको देशमा पनि स्थिरता छैन । पञ्चायती व्यवस्थाले वैधानिकता पाएको छैन । त्यसैले केवल राजसंस्थाको जोडले मात्र त्यो व्यवस्था टिकेको छ । यस व्यवस्थालाई जनताले स्वीकार गरेका छैनन् । त्यसैले प्रशासन र पल्टनमा अलिकति सुधार आउनेबित्तिकै व्यवस्था नै डग्मगाउँछ ।

बिपी कोइरालाले दक्षिण एसियालगायत पश्चिमा महाशक्तिको गतिविधिलाई जसरी सूक्ष्म ढंगले विश्लेषण गरी भविष्यको बाटो देखाएका थिए त्यो अहिले सत्य सावित भइरहेको छ । अहिले भारतको पूर्वी राज्य मिजोरम र आसाममा अल्फाहरुको विद्रोह छ, त्यसले बिपीको भविष्यवाणी सिद्ध भएको छ ।

नेपालको राजसंस्थालाई सतर्क गराउँदै उग्र वामपन्थीसित हिमचिम बढाउने होइन, प्रजातान्त्रिक शक्तिसित मेलमिलाप गर्नु उचित थियो तर दरवारले २०१७ सालदेखि वामपन्थीलाई दिएको छुटको परिणाम राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । आज गणतन्त्र ल्याउन हाम्रो ठूलो भूमिका छ भन्ने उग्र वामपन्थीले बुझ्नुपर्छ, गणतन्त्रको जगको ढुङ्गा हाल्ने काम बिपीबाटै भएको हो, जो इतिहासले सिद्ध गरेको छ, गर्छ ।

बिपीले दरबारलाई सधैं उग्र वामपन्थीसित सतर्क गराउँदै जनतालाई प्रजातन्त्रवादी शक्तिसित हातेमालो गर्न सल्लाह दिँदै आएका थिए तर दरवारले त्यो सुझावलाई कहिल्यै पनि गम्भीरपूर्वक लिएन । त्यसैको परिणाम अहिल्यैको अस्थिरता र अराजकता हो जसको व्यवस्थापन नहँुदा जनताले दुःख पाएका छन् । फेरि पनि बिपीको मेलमिलाप नीति अख्तियार गर्ने हो भने हाम्रो लोकतान्त्रिक संविधान बनाउने चाहना पूरा हुनेछ ।

 

प्रकाशित: २४ भाद्र २०७३ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App