२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

नेपाली दर्शक उद्दण्ड

दर्शकले खेलको अवधिमा धैर्य गुमाए भने समर्थन गरेको टिमलाई नै हानी हुन पनि सक्छ।
नेपाली खेल दर्शकलाई उद्दण्डतामा कसैले उछिन्न सक्दैनन्। चिताएजस्तो नहुने बित्तिकै उत्पात मच्चाउने चरित्र पेप्सी आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ अर्न्तगत फागुन १३ मा अमेरिकासँग भएको म्याचमा कीर्तिपुर प्रदर्शित भयो।

क्रिकेटमा मात्रै होइन, केही महिना अगाडि दशरथ रंगशालामा भएको ए.एफ. सी. च्यालेन्जकप र यु-१६ च्याम्पियनसिप छनौट अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा पनि दर्शकले बोतल फालेर, ढुङ्गा बर्साएर उत्पात मच्चाए। रेफ्री र लाइन्सम्यान घाइते भई खेलै अवरुद्ध भएको थियो।

आखिर किन दर्शकले उद्दण्ड हुन्छन्? दर्शक र खेल, खेलाडीको अन्तरसम्बन्ध हुन्छ। खेलाडीलाई हौसला दिन, अभिप्रेरित गर्न र आत्विश्वास बढाउन दर्शकको स्याबासीचाहिन्छ। दर्शक नभएको खेल मैदान मसानघाट जस्तो हुन्छ। दर्शक भए खेलमा ज्यान आउँछ।

दर्शक थरीथरीका हुन्छन्। एकथरि केहीमा पनि अगाडि सर्दैनन्। सकारात्मक दर्शकहरू कुनै पनि घटनामा सोचविचार गरेरमात्र अघि सर्छन्। नत्र चुपै लागेर बस्छन्। नकारात्मक सोच भएका दर्शक उपदो्र गर्ने, धैर्यत नभएका हुन्छन्। उनीहरू उपद्रो गर्ने मौका पर्खेर बसिरहेका हुन्छन्। खेल मैदानमै पुगेर रेफ्री, खेलाडी र व्यवस्थापकलाई गालीगलौज गर्छन्। यस्ता उपद्रो गर्ने नकारात्मक सोच भएका दर्शकले सानो निहँुमा वितण्डा मच्चाउँछन्। प्रतियोगिता आयोजकले नकारात्मक सोच भएका दर्शकमाथि निगरानी राख्नुपर्छ।

खेलमा जित हार दुवै हुन्छ। दर्शक र खेलाडीले हार र जितलाई सहज ढंगबाट लिन सक्नुपर्छ। हार र जितलाई सहज ढंगबाट जसले लिन जान्छ त्यसले भावी जीवनलाई पनि सहज र सरल ढंगबाट लिन सक्छ। तर जसले खेलको मर्मलाई आत्मसात गर्न जान्दैनन् उनीहरूले भावी जीवनमा पनि सामञ्जस्य कायम गर्न जान्दैनन्। तसर्थ, दर्शक, खेलाडी, व्यवस्थापक वा निर्णायक सबै एउटै रुखका विभिन्न हाँगा हुन्। उनीहरू सबैले रुखको पीडा बुझ्न सक्नुपर्छ।
पेप्सी विश्व क्रिकेट लिग डिभिजन पाँचमा नेपाली खेलप्रेमी दर्शकहरुले उपद्रो मच्चाएर खेल अवरुद्ध गरेकाले तपसिलका परिणाम उत्पन्न हुन सक्छ।
• आगामी दिनमा विश्व क्रिकेट प्रतियोगितामात्र होइन अन्य क्रिकेट प्रतियोगितापनिसुरक्षाको कारण देखाएर नेपालमा आयोजना नहुन सक्छ।
• पर्यटन बर्षका अवसरमा पर्यटक भित्राउने उद्देश्य लिएर आयोजना गरिने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा असर पर्न सक्छ।
• विश्व क्रिकेट काउन्सिललगायत अन्य खेलकुद महासंघको धारणा नेपालप्रति नकरात्मक हुन्ा सक्छ।
• अन्तराष्ट्रिय एम्पाएर र खेलाडीहरू नेपाल भनेपछि तर्सन सक्छन्।
• नेपालको क्रिकेट भनेपछि व्यवसायी र प्रायोजक पनि पन्छिन सक्छन्।
• नेपालको खेलकुद विकासमा स्वयं नेपाल सरकारको धारणा पनि नकारात्मक हुनसक्छ।
• नेपाल क्रिकेट संघलाई आइ.सी.सी.ले कारवाही गर्न सक्छ।

त्यसो त खेलकुदका दर्शक धेरै नै संवेदनशील हुन्छन्। आफूलाई चित्त नबुझ्ने बित्तिकै उत्पात मच्चाउन सुरु गर्ने घटना नेपालमा हुने होइन। तर, विदेशमा दर्शक बसेको ठाउँमा विशेष निगरानी पुर्‍याइन्छ। उनीहरूलाई पानीको बोतल, रक्सीको बोतल, रड, चक्कु, छुरी, ली आदि लिएर पेभिलियन एवं स्टेडियमभित्र पस्न बन्देज गरिएको हुन्छ। साथै दर्शक स्थल वरपर इटा, ढुंगा पनि राख्न दिइन्न। यी सबै खेलका सुरक्षाको लागि अपनाइने विधि हुन्।
समर्थकहरूबीच झगडा नहोस् भनेर दर्शकहरूलाई ब्लक-ब्लकमा छुट्टाएर राखिएको हुन्छ। एक पटक एएसरोमा र डाइनामो किभबीचे खेल हुँदा इटालेली समर्थकले अभद्र व्यवहार देखाउन सुरु गरे। उनीहरूको अभद्र व्यवहारबाट खेल नै अवरुद्ध भयो। रोमा समर्थकले मैदानभित्र बारुदी रकेट नै फ्याँके। बारुदी रकेटको कारणले मैदानभित्रका खेलाडी, रेफ्री र व्यवस्थापकहरुको भागाभाग भयो। स्विडिस रेफ्रेी एण्डरेस फ्रिस्कले मध्यान्तर पछिको खेल नै स्थगित गरे। रकेट आक्रमणमा रेफ्री फ्रिस्क नै घाइते हुन पुगेका थिए। उक्त घटनापछि स्टेडियमभित्र पस्ने दर्शकमाथि विशेष सुरक्षा नीति नै अपनाइएको थियो। यसैगरी युरोपेली फुटवलको सर्वोच्च सस्थ्ाा युईएफएले इन्टरमिलनलाई ६ खेलका लागि स्टेडियममा प्रतिबन्ध लगायो। इन्टरमिलानले चारवटा म्याच बन्द रंगशालामा खेल्नु पर्‍यो भने बाँकी दुई म्याचका लागि उनीहरूको तीन वर्षे आचरण हेरेर प्रतिबन्ध लगाइनेे निर्णय सुनाइएको थियो। यसबाहेक इन्टरमिलानले तीन लाख स्वीस फ्रेंक जरिवाना पनि तिर्नुपर्‍यो। उक्त प्रतिबन्धले इन्टरमिलानको लाखौं डलरको टीभी सम्झौतामा पनि प्रत्यक्ष असर परेको थियो। समर्थक दर्शकको असन्तुष्टिकै कारणबाट इन्टरमिलानले तीन वर्ष अगाडि इटालियन लिगमा समेत प्रतिबन्ध भोग्नु परेको थियो।
अतः दर्शकले खेलको अवधिमा धैर्य कायम राख्न सक्नुपर्छ। भर्खरै पाँचैाबाट चौथो डिभिजनमा उक्लेर ठूलो सफलता हासिल गरेको नेपाली क्रिकेट टिमलगायत अन्य आगामी खेलकँदका प्रतियोगितामा खेलाडीलाई दर्शकले हौसलामात्र प्रदान गर्नुपर्छ।

प्रकाशित: २० फाल्गुन २०६६ २३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App