१९ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

जीवाणु ढुुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ। जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपंक्षीका रोगका कारक तत्वलाई मार्ने वा तिनको रोग लगाउने क्षमता न्यून गर्ने क्षमता राख्छ। अलेकजान्डर फ्लेमिङ्गले इ.स. १९२० पेनिसिलिनको आविष्कार गरेपछि मानिसका घातक रोगमा एन्टिबायोटिकको प्रयोग रामवाणसरह हुन पुग्यो। जसले गर्दा मानिसको दीर्घ जीवनको आधार बन्यो।

पेन्सिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्ने वा तिनको वंशवृद्धिमा अवरोध पुर्‍याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरूको क्रमशः आविष्कार भएका छन्। जुन प्राकृतिक वा प्रशोधित रसायनका रूपमा आज उपलब्ध छन्। यी प्रतिजैविक मानिसको रोग व्याधिको उपचारमा मात्र प्रयोग गरिन्न बरु पशुपंक्षीको रोग व्याधिको उपचारका साथी पशुपंक्षी पालनका विभिन्न क्षेत्र तथा अवस्थामा पनि प्रयोग गरिन्छ, जसबाट पशुपंक्षीका स्वास्थ्य सुरक्षा मात्र गर्दैन, बरु उत्पादन तथा उत्पादकत्व वृद्धिमा समेत टेवा पु¥याउँछ।

यसैले आममानिस चिकित्साकर्मी तथा स्वास्थ्य प्राविधिक एवं पशु स्वास्थ्यकर्मी तथा पशु स्वास्थ्य प्राविधिकमा मानवीय एवं पशुपंक्षीजन्य जुनसुकै स्वास्थ्य प्रतिकूलताको एउटै समाधान यही एन्टीवायोटिक प्रयोग हो भन्ने भ्रम परेको छ। यसरी निस्प्रयोगको कारण, एन्टिबायोटिकको उति उपयोग तथा दुरूपयोग न्यून उपयोगका कारण हिजो प्रतिकूल स्वास्थ्य अवस्थाको सफल उपचार गर्न प्रयोग गरिने यो अचुक अस्त्र आज आफैँ निष्प्रभावी मात्र भएको छैन, वातावरण एवं पर्यावरणमा विचरण गर्ने मानव तथा पशुपंक्षीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने जीवाणु तथा ढुसीमा यी एन्टिबायोटिकको प्रभावप्रति सहनशीलताको क्षमता विकास भएको छ। यसरी जथाभावी प्रयोग गरी गराइएको एन्टिबायोटिकका कारण आज स्वास्थ्य उपचारमा व्यर्थको व्ययभार मात्र थपेको छैन। आज जनस्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा प्रवाहका सचेतनाका लागि इ.स. १९२० कै स्थिति छ।  

पशु स्वास्थ्यमा एन्टिबायोटिक

मानिसका विभिन्नखाले रोग व्याधिको सफल उपचारमा प्रयोगपछि यी प्रतिजैविकको प्रयोग पशुपंक्षीको रोग व्याधिको उपचारमा पनि हुन थालियो। आजको स्थितिमा पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकको त के कुरा, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता अनि स्वयं पशुपालक कृषकसमेतका लागि बजारमा उपलब्ध प्रतिजैविक पशुपंक्षीका जुनसुकैखाले स्वास्थ्य प्रतिकूलताको उपचार गर्ने अचुक ब्रह्मास्त्र हुन पुगेको छ। के कारणले रोग लाग्यो भनी उचित एवं वैज्ञानिक रोग निदान गर्ने/गराउने फुर्सद कसैलाई छैन किनभने छिमेककै एग्रोभेटमा हलैन्ड, पोलैन्ड, इङ्लैन्ड, अमेरिकामा बनेका प्रतिजैविक उपलब्ध छन्।  

अझ डरलाग्दो स्थिति पशुपंक्षी पालन क्षेत्रमा यसको व्यापक प्रयोग भएको छ। यो प्रतिजैविक पशुपंक्षीलाई प्रयोग गराईमा छिट्टै तौल बढी पशुपंक्षीको प्रजातिअनुसार समयअगावै हलक्क बढ्ने, उत्पादन दिने भन्नेमा छन्। यी प्रतिजैविकको स्वास्थ्य पशुपंक्षीमा प्रयोग गर्दा÷गराउँदा कसरी उत्पादन उत्पादकत्व, तौल बढ्छ/बढाउँछ भन्नेमा आजको एक्काइसौँ शताब्दीमा पनि पशुचिकित्साविद्ले भेउ भएका छैनन्। यो त हाम्रो आफ्नो परिवेशमा सीमित आर्थिक स्रोतको दुरूपयोग मात्र हो।  

शारीरिक वृद्धिका लागि प्रयोग गर्ने÷गराइने यी प्रतिजैविक पशुपंक्षीका दाना पानीका माध्यमबाट प्रयोग गर्ने गराइन्छ। यसरी दानामा मिसाएर प्रयोग गराइएका प्रतिजैविक ८०% त पशुपंक्षीका मलमूत्रमा निस्प्रयोजन विसर्जन भएर जाने गरेको प्राज्ञिक तथ्य भेटिन्छ। यसबाट हुने आर्थिक अपव्ययको मूल्यांकन गर्ने फुर्सद किन मिलेन ? यसरी खास जीवाणु लागि क्षति पु¥याउने वा तिनको संख्या वृद्धि न्यूनीकरण गराउने आवश्यक मात्रा भन्दा कम प्रयोग गराइएका पशुपंक्षीमा भएका ब्याक्टेरियामा सहजरूपमा एन्टिबायोटिकको प्रभावकारिताप्रति सहनशीलताको विकास हुन जान्छ। पशुपंक्षीजन्य उत्पादन, दूध, फूल र मासुका रूपमा जनसमुदायको खाद्य शृङ्खलामा प्रवेश गरी मानिसको स्वास्थ्यमा जटिलता उत्पन्न गराउँछ। आज जनस्वास्थ्यकर्मीको चिन्ता र चासो यतिमात्र हो।

प्रतिजैविक सहनशील जीवाणुको प्रभाव

जीवाणु मार्ने वा यिनको, संख्यामा वृद्धि न्यून गर्न चाहिने भन्दा कम मात्र कम अवधि अनि उपयुक्त संवाहनमा प्रतिजैविक गरियो वा गराइयो भने कालान्तरमा जीवाणुहरूले यी प्रतिजैविकलाई सहजै पचाइ आफूमा यिनको प्रभावकारिताविरुद्ध सहनशीलताकै क्षमता विकास गर्छन्। यसरी जथाभावी न्यून मात्र अवधि अनि उपयुक्त संवाहनमा प्रयोग गरी गराइ प्रतिजैविक प्रयोग गराइएका पशुपंक्षीबाट प्रतिजैविक सहनशील जीवाणु ती पशुपंक्षीको मलमूत्र हँुदै वातावरण एवं हाम्रो पर्यावरणमा समाहित हुन पुग्छन्। माटोमा यसरी पुगेका जीवाणुले माटो पानीमा हुने जीवाणुलाई आफूले प्राप्त मलमूत्रबाट तयार हुने जैविक मलले प्रतिजैविक सहनशील जीवाणुको क्षमता वृद्धि गर्न झन मद्दत पु¥याउँछ। यस्ता प्रतिजैविक सहनशील जीवाणु प्रदूषित कृषि भूमिबाट यी जीवाणु हाम्रा खोलानाला, ताल पोखरीको बाटो लागे भने वा वर्षाको भेलमा बगे भने खाने पानी संस्थानले प्रशोधित गरेको पानी अनि जति नै शुद्ध, स्वच्छ अनि स्वस्थ भनेको मिनरल पानी हाम्रो खाद्य शृङ्खलामा नपुग्ला भन्न सकिन्न।  

त्यसो भए हिजो यो प्रतिजैविक त रामवाण भनेकोमा आज भुत्ते हुन पुग्यो भने के आइतबार कुर्ने ? त्यसैले पाल्यौँ कुखुरा बेच्यौँ शून्य। आज काठमाडौँ खाल्डोमा कुखुरा पाल्ने कृषकको गुनासो छ। अझ दूध कृषकको गुनासो त बेग्ले छ। थुनेलो हुनु भन्दा पहिले एउटा गाईको दूध बेच्दा महिनाको आम्दानी ९ हजार, थुनेलो भएपछि औषधि खर्चै दिनको २ हजार। तैपनि बिरामी निको हुन मान्दैन। बंगुर पालकको कथा पनि यो भन्दा फरक होला ?

जनस्वास्थ्यसँग सरोकार

यसरी वातावरण पर्यावरणमा प्रतिजैविक सहनशील जीवाणुको स्वच्छन्द विचरणले मानिस एवं पशुपंक्षीको स्वास्थ्यका लागि ठूलै चुनौती सिर्जना गरेको छ। यसरी सिर्जना भएको स्वास्थ्य प्रतिकूलताका कारण लामो उपचार खर्च, रोग निदानका लागि लाग्ने समय अनि खर्च अझ जति गर्दा पनि उपचार निष्प्रभावी हुनुका साथै मानवीय एवं पशुपंक्षीको मृत्युबाट हुने क्षतिबारे सोच्नुपर्ने बेला भएको छ। अझ कतिपय प्रतिजैविक पशुपंक्षीको तौल वृद्धि उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि प्रयोग गर्ने÷गराइने गरिन्छ, ती मानिसको स्वास्थ्य प्रतिकूलतामा प्रयोग गरिने समूहसँग मिल्दाजुल्दा हुन्छन्। त्यस्ता पशुपंक्षीबाट प्राप्त हुने उत्पादन नियमित प्रयोग गरेका बिरामीमा फेरि त्यही समूह अनि प्रकार एवं प्रकृतिको प्रतिजैविक बिरामी जनसमुदायलाई प्रयोग गरियो/गराइयो भने के बिरामी निको होला ? खर्च मनग्गै अनि बिरामी आर्यघाट पु¥याउनुप¥यो भने चिन्तित आफन्तले गर्ने भनेको नर्सिङ होम तोडफोड अनि माग्ने क्षतिपूर्ति। नत्र विगत महिना थापाथलीको प्रसूति गृहमा किन हुन्थ्यो त्यो दुर्घटना ?

प्रकाशित: २१ मंसिर २०७९ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App