१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धन्वन्तरी जयन्ती मनाइयो

काठमाडौं– देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ। 

आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रर्वतक धन्वन्तरीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौं नरदेवीमा विशेष कार्यक्रम गरिएको छ। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल औषधिजन्य जडिबुटीको धनी देश भए पनि जडिबुटीको सदुपयोग गर्न नसकिएको बताए।

आयुर्वेदमा केन्द्रीत बजेट न्यून रहेको तथा विनियोजित बजेट पनि खर्च नभइरहेको अवस्था रहेको भन्दै उनले आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ अघि लैजानुपर्ने आवश्यकता औल्याए। उनले आयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधिको महत्व बुझाउने गरि सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने जोड दिए।

यसैगरी धन्वन्तरीको जन्मजयन्तीको अवसरमा बैद्यखानामा धन्वन्तरी भगवानको विधिपुवर्क पुजाआजा गरिएको छ। सिंहदरबार बैद्यखाना विकास समितिले आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा भगवान धन्वन्तरीको विशेष पुजा गर्नुको साथै आयुर्वेदिक चिकित्साको बारेमा छलफल गरेको छ। विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलले आयुर्वेद चिकित्सालाई अघि बढाउँदै गुणस्तरीय औषधी उत्पादनमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा आयुर्वेदीक चिकित्सा पद्धतिलाई संसारकै पुरानो चिकित्सा पद्धति मान्ने गरिए पनि त्यसको समयानुकुल विकास र प्रवर्द्धन हुन नसक्दा छायामा पर्दै आएको छ।

प्रकाशित: ९ कार्तिक २०७६ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App