१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति, अझै अस्पतालमै बास

काठमाडौं– जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पछिल्लो पटक थपिएको ५ दिनको समयमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो। अदालतले बिहीबार थप ७ दिन म्याद थप गरेको हो। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले ७ दिन म्याद थप भएको र अनुसन्धान चलिरहेको बताए। तर, महरा उपचारका क्रममा अस्पतालमा छन्। उनी हिरासतमा बसेका छैनन्। अस्पतालले डिस्चार्ज गरेको छैन।   

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा प्रहरी अनुसन्धानमा छन्। महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित: ७ कार्तिक २०७६ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App