१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रशासनकै अभियान कार्यान्वयनमा फितलो

भैरहवा - जिल्ला प्रशासन कार्र्यालय रुपन्देहीले संचालन गरेको ‘नयाँ महिना नयाँ काम’ अभियान कार्यान्वयनमा फितलो देखिएको छ। कार्यालयमा सेवा लिन आउने सेवागा्रहीलाई मध्यनजर गर्दै प्रशासन कार्यालयले सेवा सँगसँगै अन्य सेवामुखी कामलाई अभियानको रुपमा संचालन गरेको भए पनि पछिल्लो समय सो अभियान रोकिएको हो।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको कार्यकालमा सुरु भएको यो अभियान कार्यान्वयनमा आउन सकेको छैन। कार्यालयले सेवाग्रहीको लागि अर्घाखाची सीमेन्टको सहकार्यमा जेठ महिनाबाट सुरु गरेको निशुल्क चिया कफीको मेसिन केहि समय संचालनमा आई अहिले बन्द छ। भिडभाड व्यवस्थित गर्न संचालनमा ल्याइएको डिजिटल टोकन प्रणाली सेवा पनि बन्द छ, त्यस्तै सेवाग्रहीले खाली समयको सदुपयोग गरुन भन्ने हेतुले स्थापना गरेको पुस्तकालयमा पनि ताला लगाइएको छ। कर्मचारीहरुको पहिचानका लागि बनाइएको नेम व्याच पनि कर्मचारीहरुले भिरेका छैनन् भने स्वास्थ्य सेवा पनि दिउँसोबाट मात्र संचालन भइरहेको छ।

हरेक महिना नयाँ कामको सुरुवात गरेका पूर्व जिल्ला अधिकारीले उदय रानामगरले कर्मचारीलाई सेवाग्राही तथा राष्ट्रप्रति दायित्वबोध गराउन प्रत्येक दिन १० वजेबाट राष्ट्रिय गान पश्चात कार्यालय सेवा सुरु गरेका थिए जुन अहिलेसम्म निरन्तरतामा रहेको कार्यालयले जनाएको छ।

त्यस्तै कार्यालयमा गुनासो गर्न गोप्य सूचना दिन बेभसाइट र मोबाइल एप, व्यवस्थित प्रतिक्षालय, स्तनपान कक्ष, नाफारहित हुलाक टिकट विक्री सेवा, डिजिटल नागरिक वडापत्र, फ्रि वाइफाई, चिसो–तातो पिउने पानी, प्रशासन बुलेटिन प्रकाशन, नोटिस वोर्ड लगायतका काम सुचारु रहेको कार्यालयले जनाएको छ।

आईएसओ चिन्ह प्राप्त जिल्ला प्रशासन कार्यालय रुपन्देही पछिल्लो समय नियमित सेवाको काममा लागेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए। गृह मन्त्रालयले हामीलाई दिइएको कार्य सम्पादन अनुसारको काम समय अनुसार गर्दै आएको बताए। बिशेष गरि सार्वजनिक सेवाहरुलाई बढी भन्दा बढी रुपमा कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने बिषयमा कार्यालयको जोड छ।

नियमित सेवासँगै कार्यालयले पहिलादेखि सेवाग्राहीलाई दिने अन्य अतिरिक्त सेवाहरु पनि दिइरहेका छौँ, टोकन मेशीनको लागि आएको पेपर सकिएको र बजारमा नै उपलब्ध नभएकोले केही समय रोकिएको छ। पेपर आउनासाथ त्यसलाई निरन्तरता दिन्छौ भने चिया कफी भेन्डर मेशीनको सन्दर्भमा सेवा दिन कठिन भएकोले आफु आउनुभन्दा पहिलैदेखि बन्द भएकोले सञ्चालनमा नरहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

समयमा आउदैनन् कर्मचारी
सरकारी कार्यालयमा कर्मचारी समयमा आउदैनन् भन्ने सबैतिर गुनासो आउँछ। रुपन्देहीको जिल्ला प्रशासन कार्यालय भैरहवामा पनि १० वजे कर्मचारी सम्बन्धित कक्षमा नबस्दा सेवाग्रहीले दुख पाउने गरेका छन्। पोखराबाट काम गराउन बिहानै जिल्ला प्रशासन कार्यालय पुगेका एक सेवाग्रहीले १० बजेर २० भइसक्दा पनि लाइनमै बसिरहेको बताए। काम गराउन भनेर रुपन्देही आएका उनी विहान १० वजे नै कार्यालय आए तर अहिलेसम्म कोही कर्मचारी नआएकोले लाइनमा बसेको बताए। भिड ब्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली ल्याएको भएपनि  टोकन मेशीन प्रयोगविहिन अवस्थामा रहेकोले लाइनमा बस्न बाध्य छन्।

आइएसओ प्राप्त नेपालकै पहिलो कार्यालय
जिल्ला प्रशासन कार्यालयले विश्वासिलो, आधुनिक र सहज सेवा प्रदान गरेर नेपालकै पहिलो प्रशसन काार्यालयको रुपमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१ː २०१५’ जेठ महिनामै प्राप्त गरेको छ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको पालामा पाएको उक्त प्रमाणपत्र कार्यालयको नेतृत्व, अभिलेखीकरण र सबल, चुस्त व्यवस्थापन, सेवाग्राहीसँगको व्यवहार र सेवा सुविधा तथा सन्तुष्टि, सरेकारवाला निकायसँगको सम्बन्ध र समन्वय, कर्मचारीहरु बीच कामको बतावरण लगायतका काम कार्यालयले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेकामा हासिल गर्न सफल भएको थियो।

‘अन्तर्राष्ट्रिय गुणस्तर संगठनले दिएको ७ वटा सुचकांकलाई टेकेर उक्त प्रमाण पत्र पाए पनि हाल कार्यालयले गरेको गतिविधीले उक्त प्रमाण पत्रको दिगोपनमा पनि समस्या हुने हो कि भन्ने देखिएको छ। गुणस्तर प्राप्त गर्नुमात्र ठूला कुरा नभए यसलाई कायम राख्न  मापदण्डमा रहेर कामलाई निरन्तरता दिनु पर्ने हुन्छ सो काममा कार्यालयको सबै कर्मचारीले भूमिका खेल्नु पर्छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App