तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा

बुधबार, ०६ कार्तिक २०७६, ०८ : ३४ नागरिक

काठमाडौं – त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली सहित १३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। वैदेशिक रोजगारीमा जाने महिला र पुरुषलाई ‘भिजिट भिसा’मा खाडी मुलुकमा प्रस्थान अनुमति दिएर बिचौलियालाई सघाएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

पराजुलीले कार्यालय समयमा कम्प्युटरको नेटवर्क बन्द गरी शंकास्पद रूपमा दुईवटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्री बोलाई कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ।

पराजुलीले प्रयोग गर्ने मोबाइलको ‘कल रेकर्ड’ र अन्य तथ्यबाट उनले कार्यालयका अन्य अध्यागमन अधिकृतलाई ‘म्यासेज’ समेत पठाएको र दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने काममा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाइ छ।

पराजुलीसमेतले बिचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति १० हजार लिएर खाडीमा घरेलु कामदारमा जान अनुमति दिएको आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त कार्यालयका अधिकृत मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी र सहायक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

Ncell Footer Ad