१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अष्ट्रेलियाको शारीरिक सुगठनमा नेपाली युवा भट्ट ‘च्याम्पियन अफ च्याम्पियन’

काठमाडौं– अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्। 

विश्व शारीरिक सुगठन अन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिस्पर्धामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन्। जितसँगै भट्टले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यु साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन्। 

राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लब फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं)बाट सहभागी भएका थिए। पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा प्रतिस्पर्धा गरेका भट्टले दुबैमा स्वर्ण पदक जितेका थिए। 

त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बने। प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

पुरुषतर्फ समग्र प्रतियोगिताको च्याम्पियन बनेका भट्टले ट्रफी र मेडल हात पारे। साथै न्यु साउथ वेल्स शारीरिक सुगठन संगठनमा वर्ष विजेताका रुपमा उनको नाम लेखिएको छ। जितपछि नेपालकाे कञ्चनपुर घर भएका भट्टले नागरिक न्यूजसँग भने, ‘विदेशमा नेपालको नाम चम्काउन पाउँदा खुसी लागेको छ, यो सफलताले अझै मेहनत गर्ने हौसला मिलेको छ।’

यसअघि थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App