१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मंसीर ५ देखि लुम्बिनी महोत्सव हुने

महोत्सवबारे जानकारी दिदै आयोजक

भैरहवा - नेपालको १२ वटा धार्मिक तथा पर्यंटक स्थलको झझल्को दिने गरी भैरहवा महोत्सव हुने भएको छ। ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ५ गतेदेखि १६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो।

पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा प्रदेश ५ भित्र रहेका पर्यटकीय र धार्मिक स्थलहरुको प्रतिरुपसहितको संरचना बनाइने आयोजक सस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। ‘लुम्बिनी भ्रमणवर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० सन्दर्भलाई जोडेर सहयोग गर्ने हेतुले पर्यटकीय गन्तव्यहरुको आकृतिमा स्वागत गेट, स्टेज, सचिवालयसहित अन्य संरचनाहरु बनाउने छौँ।’संगठनका अध्यक्ष नारायण भण्डारीले भने।

राराताल, पशुपतिनाथ, सौराहा, फेवाताल, रानीमहल, रेसुङा, सुपा देउराली, स्वर्गद्वारी, रामग्राम, तिलौराकोट, देवदह पाकडी र लुम्बिनी मायादेवी मन्दिर लगायतको झझल्को दिने पभेलियन बनाई सोसँग सम्बन्धित ऐतिहासिक र जानकारीमूलक सन्दर्भ सामाग्री पनि राखिने छ । बालबालिका तथा यूवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान यस वर्ष नेपालमै दर्ता भएको कम्पनीसँग सम्झौता गरी लगाउन लागेको आयोजकले जनाएको छ। हरेक वर्ष स्थानीयको प्रवद्र्धन गर्ने भनि लाखौ रुपैया उद्यानबाट विदेशीने गरेकोले यस वर्ष यो रोकिएको छ, भने स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि र पर्यटनसंग सम्बन्धित कुल ४ सय स्टल राखिने छ।

१ करोड १४ लाख अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी ३ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित स्थानीय उत्पादनका सयवटा र कृर्षि उपजका ५० वटा स्टल राखिने सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए।

प्रवेश शुल्क ७०, जसमा विद्यार्थीहरुका लागि  ४० र समूहमा आउने विद्यार्थीहरुको लागि ३० रुपैंया टिकट दर तोकिएको छ भने त्यस्तै ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ। मेलामा पहिलो पटक सार्वजनिक विदाका दिन र शनिबार बाहेकका दिन  बिहान ९ बजे देखि ११ बजे सम्म २ घण्टा निःशुल्क प्रवेशको व्यवस्था गर्ने संगठनले जनाएको छ।

महोत्सव सफल पार्न ३३ सदस्यीय मूल आयोजक समिति, २५ जनाको विशेष सल्लाहकार समिति, १ सय ५१ सदस्य रहने सल्लाहकार समिति र ३३ वटा विभिन्न उपसमिति गठन गरि तयारी भइरहेको छ। यस क्षेत्रमा स्थायी मण्डप नभएकोले यस वर्ष पनि महोत्सव अञ्चलपुर स्थित निजी व्यक्तिगत जग्गामा महोत्सव आयोजना हुदैछ।

प्रकाशित: ३ कार्तिक २०७६ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App