२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कारका घटनामा वृद्धि

सुर्खेत - बजार घुम्न आएकी वीरेन्द्रनगरकी १२ वर्षीया बालिका असोज १६ गते सामूहिक बलात्कारको सिकार भइन्। चिनेकै केटा साथीले घुमाउने बहानामा अटो रिक्सामा राखेर उनलाई जंगल पु-याए। बाटामा केटाका तीन साथी थपिए। उनीमाथि समामूहिक बलात्कारको क्रम दुई दिनसम्म चल्यो।

सोही घटनाको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। दसैंको टीकाको पर्सिपल्ट (असोज २४) मा सोही प्रकृतिको घटना दोहोरियो। वीरेन्द्रनगरकी १४ वर्षीया बालिकालाई चारजनाको समूहले बलात्कार ग¥यो। बलात्कारमा संलग्नहरू २० वर्षमुनिका थिए। बालिकाका अभिभावकको जाहेरीपछि प्रहरीले चारैजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। स्कुलबाट घर फर्कंदै गरेकी नौ वर्षीया एक बालिका साउन २३ गते वीरेन्द्रनगगरकै फलाटे सामुदायिक वनको नर्सरीमा बलात्कृत भइन्। घटनामा संलग्न १८ वर्षीय अमित पक्राउ परे।

चालू आर्थिक वर्षको तीन महिनामा सुर्खेतमा बलात्कारका २३ वटा घटना दर्ता भएका छन्। तीमध्ये सामूहिक बलात्कार घटना तीनवटा छन्।

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा सुर्खेतमा बलात्कारसम्बन्धी २३ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। तीमध्ये सामूहिक बलात्कारका घटना तीनवटा छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलका अनुसार साउनमा आठ, भदौमा आठ र असोज महिनामा सातवटा बलात्कारका घटना भएको जानकारी दिए। ‘यीमध्ये १३ वटा घटना जबर्जस्ती करणीका हुन्,’ डिएसपी रावलले भने, ‘जबर्जस्ती करणी उद्योगका ६ र सामूहिक बलात्कारका तीनवटा घटना दर्ता भएका छन्।’ उनका अनुसार तीन महिनाको अवधिमा अप्राकृतिक मैथुनका दुईवटा घटना दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको सुरुका तीन महिनामा बलात्कारका १८ वटा घटना दर्ता भएका थिए।

‘हरेक वर्ष सुर्खेतमा बलात्कार, सामूहिक बलात्कार, बलात्कार प्रयासका साथै अप्राकृतिक मैथुनका घटना बढिरहेको तथ्यांकले देखाउँछ,’ डिएसपी रावलले भने, ‘यस्ता घटना न्यूनीकरणका लागि कानुनको कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं।’ पछिल्लो पुस्ता अभिभावक र समाजको नियन्त्रणबाहिर पुग्नुका साथै हातहातमा मोबाइल र इन्टरनेटको पहुँचले बलात्कारलगायतका घटना बढ्न थालेको प्रहरीको भनाइ छ।

‘पछिल्लो पुस्ता प्रविधिलाई सदुपयोग होइन, दुरुपयोग गरिरहेको छ,’ उनले भने, ‘यसले समाजमा बलात्कारलगायत अपराधजन्य घटना बढ्दै गएका छन्।’ फोन तथा इन्टरनेटको दुरुपयोग, आमा–बुवाको छोराछोरीप्रति ध्यान नजानु, यौनवद्र्धक औषधिको खुला बिक्रीलगायत कारणले बलात्कारसँगै अन्य विभिन्न आपराधिक घटना हुने गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो चार वर्षको तथ्यांक हेर्दा सुर्खेतमा जबर्जस्ती करणी तथा जबजस्ती करणी उद्योगका एक सय ६२ वटा घटना दर्ता भएका छन्। यी घटनामा एक सय ५३ जना पक्राउ परेका छन् भने अझै २२ जना फरार छन्। तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा बलात्कार र बलात्कार प्रयासका घटना धेरै भएका छन्।

यो आर्थिक वर्षमा जबर्जस्ती करणीका ६१ र जबर्जस्ती करणी उद्योगका १४ वटा घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ मा जबर्जस्ती करणीका २३ र जबर्जस्ती करणी उद्योगका १३ वटा घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीका २६ र जबर्जस्ती करणी उद्योगका आठवटा घटना दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका १२ र जबर्जस्ती करणी उद्योगका पाँचवटा घटना दर्ता भएका छन्।

प्रकाशित: १ कार्तिक २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App