१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तरष्ट्रिय गौतमबुद्ध विमानस्थल: भौतिक संरचनाको काम ९४ प्रतिशत सम्पन्न

भैरहवा — निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संरचनाको काम अन्तिम चरणमा पुगेको छ। ८२ प्रतिशत भौतिक संरचना र १८ प्रतिशत इलेक्ट्रोमेकानिकलको काम मध्ये विमानस्थलको सम्रगमा ८२ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ।

भौतिक संरचनाको ८२ प्रतिशत काम मध्ये करिब ९४ प्रतिशत काम सम्पन्न भएको छ। ठूला संरचनाहरु सबै बनिसकेकोले फिनिसिङको काम भइरहेको छ, अब ६ प्रतिशत मात्र बाँकी छ। त्यस्तै कुल १८ प्रतिशत इलेक्ट्रोमेकानिकलको काम रहेको छ। जसलाई २ चरणमा विभाजित गरी काम भइरहेको छ। पहिलो चरणको अर्थात आईसीपी १को काम मध्ये आधा भन्दा बढी उपकरणहरु आइसकेको छ र केही आउने प्रक्रियामा छ भने दोस्रो चरणको आइसीपी २ को सबै उपकरणहरु आउने क्रममा रहेको छ।

इलेक्ट्रो मेकानिकलको सामानहरु अधिकांस युरोप, अमेरिका, चिन, थाइलेण्ड लगायतका देशबाट सामुन्द्रिक बाटो भएर आउने क्रममा छ, सबै उपकरण आउनासाथ प्रगति ८० प्रतिशत हुन्छ र एक महिनामा उक्त उपकरण जडान भई शत प्रतिशत काम हुने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

विना अवरोध यही गतिमा काम हुने हो भने २०१९ को डिसेम्बर सम्ममा भौतिक काम सबै सम्पन्न हुन्छ र स२०२०को पहिलो त्रैमासिक भित्र विमानस्थलको परिक्षण उडान गर्नेछौ, अधिकारीले भने। ‘विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आयोजना, मन्त्रालय र अन्य सरोकारवाला निकायले आइपरेको समस्यालाई समाधान गर्दै कामअघि बढेको छ , अबको हाम्रो चुनौती भनेकै उपकरण जतिसक्दो चाडो ल्याई जडान गर्ने हो मन्त्रीजयूले पनि माथीबाटै फ्लोअप गर्दै आउनु भएको छ।’अधिकारीले नागरिक न्यूजसँग भने।

फिनिसिङसँगै विमानस्थलमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, सुरक्षा निकायको आवश्यक संरचनाका लागि समन्वय र सहकार्य गरी निर्माण काम अघि बढाइरहेका छौँ। सम्बन्धित निकायलाई आवश्यक पूर्वाधार र फर्निचरको व्यवस्थापन आयोजनाले गर्ने भएकोले सो कामको लागि सम्बन्धित निकाय विमानस्थलमा आइसकेको र काम अघि बढेको अधिकारीले बताए। अहिलेको हाम्रो काम उपकरण जडान, फिनिसिङमा रंङरोगन, टायल मार्बल, विजुली वाइरिङ, सिसी क्यामरा ,एसी जडान, कारको पर्किङको सतह निर्माणसहित छिटफुट सिभिलको काम भइरहेको छ। त्यस्तै यूपिएस, सञ्चार उपकरण, एक्सेर मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि भइरहेको छ।

अर्थमन्त्रालयले पनि आव २०७६÷७७को बजेटमा विमानस्थलको लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ, पहिलो चरणको काम सम्पन्न गरी अन्तराष्ट्रिय उडान सुरू गर्नको लागि उक्त बजेट विनियोजन भएकोे छ। ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा सम्झौता भई ३१ डिसेम्बर २०१४ काम शुरु भएको आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आइसिपी १ स्तरको सबै काम सक्नुपर्ने थियो तर, विविध कारणले काम हुन नसकेपछि निर्माण कम्पनीले २०१९ को डिसेम्बरसम्म म्याद थप पाएकोे छ।

मन्त्रीको निरीक्षण    
गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरिक्षण गरेका थिए। देशकै पहिलो प्राथमिकतामा रहेको भैरहवा स्थित निर्माणधिन बिमानस्थलको कामको प्रगति र आगामी कार्ययोजनाको बारेमा मन्त्री भट्टराईसहित नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदिप अधिकारी आइसीपी–२का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेको टोली स्थलगत निरीक्षण गरेका थिए। उनीहरुले कामको प्रगति र आगामी कार्ययोजनाको बारेमा जानकारी लिई सृजना भएको नयाँ–नयाँ समस्याहरू हल गर्दै कुनै पनि हालतमा डिसेम्बर अघि विमानस्थलको निर्माण काम सम्पन्न गर्न निर्देशन दिइएका थिए।

नेपाल भ्रमण वर्षको पहिलो त्रैमासिक भित्र प्लाइट सुरु गर्न पर्छ त्यसको लागि आगामी कार्ययोजना बनाएर  समय तालिकासहितको योजना निर्माण गर्न मन्त्रीले निर्देशन दिइएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

प्रकाशित: ३० आश्विन २०७६ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App