बस दुर्घटना अपडेटः मृतक पाँच र घाइते ६७ जनाको सनाखत(नामावलीसहित)

शुक्रबार, २४ असोज २०७६, १३ : ५१ ध्रुव दंगाल

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो।

दुर्घटनामा ५० बढी घाइते छन्। बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो। बस दुर्घटनाका घाइतेमध्ये ५३ जनाको धुलिखे अस्पतालमा उपचार भइरहेको छ। धुलिखेल अस्पतालमा घाइतेको चाप बढी भएपछि थप आउने घाइतेलाई शीर मेमोरियल अस्पताल बनेपामा पठाउन थालिएको छ। कतिपय गम्भीर घाइतेलाइ काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

हेलिकप्टरले पाँचभन्दा बढी खेप लगाएर गम्भीर घाइतेलाई उपचारका लागि लगेको थियो। घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट छ। घाइतेमध्ये ६७ जनाको सनाखत भएको छ।

घाइतेकाे नामावली(मार्क गरिएकाे मृतक)

उक्त बस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। मृतक ११ मध्ये पाँच जनाको सनाखत भइसकेको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर  दुर्घटना भएको थियो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर हो।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad