१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन्। एनआरएनएको चुनाव यहीँ अक्टोबरमा काठमाडौंमा हुँदैछ।

जापानमा सफल नेपाली व्यवसायीको छवि बनाएका श्रेष्ठले एनआरएनएको क्षेत्रीय उपसंयोजक पदमा रहेर सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन्। संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफू ‘लिन नभइ दिन’ आएको बताए। उनले एनआरएनलाई एउटा नयाँ उचाई दिन अघि बढेको पनि जिकिर गरे।

आफ्नो उम्मेदवारीबारे प्रस्ट्याउँदै श्रेष्ठ भन्छन्, ‘स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्र्याएर मुलुक समृद्ध बनाउने यो बृहत यात्रामा सहयात्री बन्न मैले उम्मेदवारी दिएको हुँ।’

अग्रज तथा शुभचिन्तकहरुको चाहना तथा अपेक्षा अनुरुप आफूलाई संस्थागत रुपमा अझै सक्रिय बनाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।  

गैरआवासीय नेपालीहरुसँग देशले पनि धेरै अपेक्षा गरेको भन्दै श्रेष्ठले पदीय जिम्मेवारी निभाउन सक्षम भएकाले नै नेतृत्व लिन अघि बढेको स्पष्ट पारे। 

एशिया प्रशान्त क्षेत्रमा कार्यरत श्रमिकका समस्या आफूले नजिकबाट नियालेको बताउँदै श्रेष्ठले सरकार र एनआरएनएमार्फत तीनका समस्या सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए।

जापानमा दुःख पीडामा परेका नेपालीलाई सहयोग गर्दै आएका श्रेष्ठले एनआरएनएमा जोडिएपछि समाजसेवाको दायरा फराकिलो भएको पनि बताए।

श्रेष्ठले एनआरएन भवन, लाप्राक नमुनावस्ती निर्माण, बाराका हावाहुरी पीडितलाई राहत लगायतका विषयमा अगुवाई गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७६ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App