१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा योग शिविर उद्‌घाटन

वीरगञ्ज—बिहीबार बिहान वीरगञ्ज रंंगशालामा १० हजार बढी संख्यामा मानिसहरुको उपस्थितमा पाँच दिने ‘योग विज्ञान शिविर २०७३’ को शुभारम्भ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ती बालेर शिविरको उद्‌घाटन गरिन्।

भारतका प्रख्यात योग गुरु बाबा रामदेवले योग विज्ञानको प्रशिक्षण दिने यो शिविर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगलाई निरोगताको आध्यातिमक तथा बैज्ञानिक आधार बताइन्। ‘योगले रोगमुक्त जीवनको बाटो प्रशस्त गर्दछ्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसको माध्यमले जीवनलाई सार्थक पार्न सकिन्छ।’

योग विज्ञान शिविरका संयोजक रहेका उद्योगपति डा.उपेन्द्र महतोले योगको विस्तारले मानिसहरु स्वस्थ्य हुने स्वस्थ्य समाजको विकास द्रुत गतिमा हुने भनी शुभकामना दिए। उनी श्रीमती समता र परिवार सदस्यसँग शिविरमा भाग लिन आइपुगेका हुन्।

उनले समृद्धि र विकासका लागि शिक्षामा जोड दिनु पर्ने बताइन्। आर्थिक तथा ब्यपारिक नगरको पहिचान बोकेको वीरगन्जलाई यस शिवरले नयाँ रुपमा चिनाउने काम गरेको र यस ठाउँको विकास गर्दै लैजानु पर्ने धारणा उनले राखिन्। योग बाबा रामदेवले नेपाललाई अध्यात्मिक भूमिको संज्ञा दिए।

उनले योगका बिभिन्न मुद्रा र आसनहरुको ब्याख्या गर्दै यसमार्फत रोग लाग्नबाट बच्न सकिने र कठिन रोगहरुको निदान गर्न सकिने दावी गरे। रामदेवले नेपालमा स्वास्थ्यको लागि योग र सम्वृद्धिका लागि उद्योग ल्याएको र यसमा बृद्धि गर्दै लैजाने जनाए।

योग विज्ञान शिविरका संयोजक रहेका उद्योगपति डा.उपेन्द्र महतोले योगको विस्तारले मानिसहरु स्वस्थ्य हुने स्वस्थ्य समाजको विकास द्रुत गतिमा हुने भनी शुभकामना दिए। उनी श्रीमती समता र परिवार सदस्यसँग शिविरमा भाग लिन आइपुगेका हुन्।

बिभिन्न राजनीतिक दलका सांसदहरु, वीरगन्जका उद्योगी, सरकारी अधिकारीहरु रंगशालामा योगको अभ्यास गर्दै भेंटिए। बिहीवारदेखी सुरु भएको ‘योग विज्ञान शिविर’ मा करिब १० हजारले योगअभ्यास गरिरहेको मुल आयोजक समितिका संयोजक विजय सरावगीले बताए।

प्रकाशित: ९ मंसिर २०७३ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App