२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोयल दार्जिलिङलाई उपाधि

चितवन- भरतपुरमा सम्पन्न  प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल भेट्रान दार्जिलिङले जितेको छ। फाइनल प्रतिस्पर्धामा मंगलबार झापा भेट्रानलाई पछि पार्दै रोयल दार्जिलिङले उपाधि जितेको हो। प्रतियोगितामा निर्धारित समयमा खेल बराबरी भएको थियो । खेलको २० मिनेटमा झापाका खेलाडीले आत्मघाती गोल गर्दा दार्जिलिङले  अग्रता लिएको थियो।

३१औं मिनेटमा झापाका नरेन्द्र लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयमा दुवैतर्फबाट थप गोल हुन सकेन। सडन डेथबाट दाजिर्लिङ उपाधि जित्न सफल भयो प्रतियोगिताको विजेता रोयल दार्जिलिङले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।  उपविजेता बनेको झापा भेटानले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

मंगलबार बिहान पहिलो सेमिफाइनलमा टी बर्गर ललितपुरलाई टाइब्रेकरमा पराजित गर्दै दार्जिलिङ फाइनल पुगेको थियो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ ले दार्जिलिङ विजयी भएको थियो। यस्तै, दोस्रो खेलमा आयोजक चितवन भेट्रान रातोलाई पराजित गर्दै झापा विजयी भयोे । झापाले २–१ को नतिजा निकाल्यो।

फाइनलको म्यान अफ दी म्याच दार्जिलिङका पाल्देन भुटिया बने। उनी खेलअवधिभरमा ६ गोल गर्दै उत्कृष्ट गोलकर्ता  भए। यस्तै, उत्कृष्ट गोलकिपर झापाका रूपक गुरुङ, डिफेन्डर दार्जिलिङका प्रणव घोष, मिडफिल्डर  दार्जलिङकै  बी वान्तवा र उत्कृष्ट खेलाडी झापाका नरेन्द्र लिम्बु भए।

खेलको म्यान अफ दी म्याचले एक हजार रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले नगद पाँच हजार र प्रतियोगिताका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका १४ र भारतका २ टोलीको सहभागिता  थियो।

 

प्रकाशित: ८ आश्विन २०७६ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App