तरुण दल नेतामाथि खुकुरी प्रहार

बिहिबार, ०२ असोज २०७६, २१ : २१ नागरिक संवाददाता

नेपालगन्ज– नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार राती करिव साढे १० बजेतिर उनीहरुमाथि खुडा प्रहार भएको हो। खुडा प्रहारबाट नेपाल तरुण दल नेपालगन्ज उपमहानगर सभापति संदिपजंग शाह तथा तरुण दलमा आवद्ध रहेका दाङ, बबई गाउँपालिका वडा नम्बर २ का घमण्ड खड्का र घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी अमर रोका घाइते भएका हुन्। घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेको छ। 

उनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अर्का घाइते रोकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसियुमा उपचार भइरहेको छ, भने शाहको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीले गुण्डागर्दी नियन्त्रणमा ल्याएको दाबी गरिरहेका बेला उपमहानगरको मुटु मानिने धम्बोझी चोक क्षेत्रमै भएको उक्त घटनाले यहाँको शान्ति, सुरक्षामाथि प्रश्न उठाएको छ। 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चौविस घण्टा बित्न नपाउँदै दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ। खुडा प्रहार गरी फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका ३२ बर्षिय बिनोद खड्का र खजुरा गाउँपालिका वडा नम्बर १ निवासी ३० बर्षिय दिपक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए। डिएसपी सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बिहीबार बेलुकी खजुरा गाउँपालिका वडा नम्बर ३ खजुराबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। 

घटनाको नेपाली कांग्रेस, नेपाल तरुण दल लगायत संघ, संगठनले निन्दा एवम् भत्सर्ना गरेका छन्। कांग्रेस बाँकेका सभापति किरण कोइरालाले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सर्ना तथा निन्दा गरेकी छन्। ‘यदि कही कतैबाट गुण्डाहरुलाई जोगाउने खेल भएमा नेपाली कांग्रेस बाँके प्रतिकारमा उत्रने चेतावनी दिँदै गुण्डागर्दीविरुद्ध उत्रन बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘सो कारणबाट हुने क्षतिको स्वयं सरकार जवाफदेही हुनेछ।’ उक्त घटनाबाट विचलित नहुन नेपाली कांग्रेस, भातृ एवम् शुभेच्छुक संस्था, उद्योगी व्यवसायी र आम बाँकेबासीमा आह्वान गरिएको छ।

यस्तै नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। उक्त विज्ञप्तीमा भनिएको छ, ‘बिनोद खड्का र दीपक थापा लगायतका हतियारधारी ‘गुण्डा’ ले तिमीहरु नै हैन? हाम्रो वडाध्यक्ष सुमन मल्लबिरुद्ध आन्दोलन गर्ने भनि नेपाल तरुण दल नेपालगन्जका नगर सभापति संदिपजंग शाहमाथि खुकुरी प्रहार गरेका थिए, संदिपजंग शाहलाई बचाउने क्रममा घमण्ड खड्का र अम्मर रोकायलाई खुकुरी लागी घाइते भएका र उनीहरुलाई तत्कालै नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज भर्ना गरिएकोमा घमण्ड खड्कालाई तत्कालै भारतको लखनउ रिफर गरिएको र अर्का घाइते अम्मर रोकायको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको आइसियुमा उपचार भइरहेको छ।’ घटनामा संलग्न ब्यक्तिलाई जोगाउने खेल भएमा तरुण दल बाँके प्रतिकारमा उत्रने चेतावनी विज्ञप्तीमा दिइएको छ।

यसैबीच युवा संघका ज्ञानेन्द्रराज ओली र वाइसिएलका नेपालगन्ज उपमहानगर अध्यक्ष इमरान खानले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनामा संलग्न ब्यक्तिको आफ्नो संगठनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। गुण्डागर्दी गर्ने जोसुकै संघ संगठनसँग जोडिएको भए पनि उनीहरुलाई कानुनी दायरामा ल्याएर कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेका छन्। जारी विज्ञप्तीमा भनिएको छ, ‘घटनाको प्रकृति अध्ययन गर्दा यो घटना विशुद्ध गुण्डागर्दीको रुपमा रहेको देखिन्छ, विगत केही समयदेखि शान्त रहेको नेपालगन्ज शहर यो घटनाले पुनः गुण्डागर्दीले कतै शिर उचाल्न थालेको त होइन?






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad