८ वैशाख २०८१ शनिबार
समाज

सूर्याेदयको ‘गौरव’ बाह्रमासे सडक

इलामको सूर्याेदय नगरपालिका–१, मकरजुङमा निर्माणाधीन बाह«मासे सडक। तस्बिर: नागरिक

इलाम - पहाडी जिल्लामा नयाँ सडकको ट्र्याक खोल्ने र मर्मत गर्ने नाममा बर्सेनि अर्बाैं रुपैयाँ खर्च भइरहेको छ। हिउँदभर खनेका कच्ची सडक बर्खा बित्दा बाढी–पहिरो र भलले बगाएर गाडी नै नचल्ने हुनु पहाडी जिल्लाको वर्षाैंदेखिको साझा समस्या हो।

तर, इलामको सूर्याेदय नगरपालिकाले ल्याएको नयाँ ‘सडक अवधारणा’ पहाडी क्षेत्रमा प्रभावकारी हुने देखिँदै छ। नगरले गत वर्षदेखि गाउँमा असंख्य नयाँ ट्र्याक खोल्ने र दर्जनौं सडक मर्मतका नाममा ‘कनिका छरेझैं’ बजेट छर्न छाडेर बाह«ैमास गाडी चल्ने सडक निर्माण थालेको छ। प्रत्येक वडामा बरु एउटा मात्रै सडक बनाउने तर बाह«ैमास गाडी चल्न सक्ने बनाउनेतिर नगरले प्राथमिकता दिएको हो। ‘बाह«ैमास यातायात सञ्चालनको अवस्था ः नगरबासीको दिनचर्यामा सहजता’ नारासहित नगरले ल्याएको अवधारणा जिल्लाका अन्य स्थानीय तहले समेत सिको गरेका छन्।

‘कच्ची सडक त नगरका वडा–वडामा अनगिन्ती छन् तर करोडौं रुपैयाँ खर्च भइसकेका त्यस्ता सडकमा दुःखले गाडी चल्ने हिउँदमा मात्रै हो,’ मेयर रणबहादुर राई भन्छन्, ‘बर्खायाममा कतिपय वडासँग यातायात सम्पर्क नै टुट्ने भएकाले अल वेदर रोड (बाह«मासे सडक) मा लगानी गरेका हौं।’ नगरले नयाँ सडक ट्र्याक खोल्ने नाममा एक–दुई लाख रुपैयाँ होइन, कम्तीमा सबै वडामा बाह«ैमास गाडी पु-याउन बाह्रमासे सडकलाई एकैपटक ५० लाख रुपैयाँभन्दा बढी खर्चिरहेको छ। तर, यो रकम पनि सडकका लागि पर्याप्त भने नभएको नगरले जनाएको छ।

नगरका १४ वटै वडामा एक–एक सडकलाई बाह«मासे सडकका रूपमा प्राथमिकता दिइएको छ। कम्तीमा सात मिटर चौडाइको बाह«मासे सडक एउटा वडामा कम्तीमा तीन किलोमिटर निर्माण गरिने नगरले जनाएको छ। यी सडकमा अहिले पक्की नाली, रिटेनिङ वाल, ह्युम–पाइप र ग्राभेलको काम हुँदै छ। ‘बाह«मासे सडक सूर्याेदय नगरको गौरवको आयोजना हो,’ मेयर राई भन्छन्, ‘यसलाई कालोपत्रेसम्मकै बनाउने नगरको योजना छ।’ यी सडकका लागि नगरले चालू आर्थिक वर्ष पनि १८ देखि ५० लाख रुपैयाँ छुट्याएर निरन्तरता दिएको छ।

वडा–१ को ऋषिमोड–गोर्खे–मंगलबारे–मानेभञ्ज्याङ सडक, वडा–२ को मानेभञ्ज्याङ चोक–देउराली–बागवीरे–महादेवस्थान, वडा–३ को रामपथ–बुद्धपार्क–कट्टेबुङ, वडा–४ को ठाकुरचोक–बराल भञ्ज्याङ–गणेश हिमाल–दलित बस्ती–सानो करफोक, वडा–५ को महेन्द्रबेंसी–शान्तिबजार–सुब्बागाउँ–लाम्बागौडा, वडा–६ को सुकेपोखरी–ग्यापाचोक–वडा कार्यालय–महेन्द्रबेंसी र वडा–७ को पाल्टाँगे–भाग्योदय–राई टोल–बिरिङखोला सडक बाह«मासे सडकका रूपमा घोषित छन्।

वडा–८ को कजेनी–मालुम–वडा कार्यालय–डब्बुगाउँ हुँदै वडा–६ जोड्ने, वडा–९ को बरबोटे–गैरीगाउँ–कजेनी, वडा–१० को सहिद चोक–रत्न चोक–संगम टोल, वडा–११ को नयाँ चोक–केराबारी–माघे हुँदै गोदक, वडा–१२ को याङखोला–पिङडाँडा, घुमाउने–मलिम–सेतीदेवी टोल–परिवर्तन टोल–चुच्चेढुंगा–तीनघरे, वडा–१३ को सुकेपोखरी–डाक्टरगाउँ–कोल्बोटे–पीपलडाँडा हुँदै रोङ र वडा–१४ को बतासे भञ्ज्याङ–हेल्थ पोस्ट–जिमिखाँद–घट्टाबजार सडकलाई बाह«मासे सडकका रूपमा विकास गरिँदै छ।

गत वर्ष यीमध्ये धेरै सडकको लक्ष्यअनुसार प्रगति भएको वडा कार्यालयहरूले जनाएका छन्। केही वडामा भने ठेकेदारले काममा ढिलाइ गरेका कारण समयमा काम सकिएको छैन। ‘गतवर्ष ४० देखि ५० लाख रुपैयाँसम्ममा ठेक्का लागेको काम एक–एक किलोमिटरसम्म भए पनि सकिएको छ,’ मेयर राईले भने, ‘एकैपटक सबै वडाका सडकको काम सकिँदैन, आउँदो तीन वर्षमा यी सडकको कालोपत्रे सुरु गर्ने लक्ष्य राखेका छौं।’

नगरपालिकाले बायो–इन्जिनियरिङअनुसार सडक निर्माणको काम गर्ने योजनासमेत बनाएको छ। पहिरो, भल–बाढी, जमिन धसिएर जानेजस्ता समस्याबाट सडक बचाउन बायो–इन्जिनियरिङ गर्न लागिएको नगरले जनाएको छ। ‘बनेका सडकको दिगोपनाका लागि बायो–इन्जिनियरिङ गर्ने योजनामा छौं,’ उनले भने, ‘बोटबिरुवा जोगाएर मात्र सडक विस्तार गर्ने, कुन ठाउँमा कस्तो संरचना निर्माण गर्दा सडकलाई क्षतिबाट बचाउन सकिन्छ भन्ने अध्ययन गरिनेछ।’

नगरभित्र कम्तीमा दुई सय उपभोक्ता रहेको स्थानमा चौडा तीन मिटर, दुई सयदेखि पाँच सय उपभोक्ता भएकोमा पाँच मिटर र त्यसभन्दा बढीको बसोबास रहेका स्थानमा पाँच मिटरभन्दा बढी चौडा भएका सडक पु¥याउने लक्ष्य पनि नगरले लिएको छ। चिया, दूध, तरकारी र अलैंची मुख्य खेती हुने सूर्याेदयका प्रत्येक वडामा रहेका पुराना सडकको अत्यावश्यक स्थानमा मर्मत गर्ने योजना नगरको छ। सूर्याेदय पर्यटकीय नगरी पनि भएकाले सडक योजनामा नगरले बर्सेनि १० करोड हाराहारी रकम खर्च गरिरहेको छ।

प्रकाशित: २ आश्विन २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App