१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

इण्डो–प्यासिफिक प्रकरणमा सरकारले भन्योः ‘पूर्ववत मान्यतामा कुनै परिर्वतन आएको छैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पारेका छन्। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताए। इण्डो प्यासिफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारेका हुन्।

उनले भने, ‘इण्डो प्यासिफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौ। पूर्ववत मान्यतामा कुनै पनि विचलन र परिर्वतन आएको छैन।’  

उनले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे। बैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी, सर्वसाधारण लगायत सबै क्षेत्रबाट पहल हुँदै आइरहेको भन्दै उनले नियन्त्रण बाहिर नभएको तर धेरै दुःख दिएको डेंगु संक्रमणप्रति सरकार सचेत रहेको बताए।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९÷ ४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दे उनले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताए।

प्रकाशित: २६ भाद्र २०७६ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App