खुल्यो मलेसिया रोजगारी, क्वालालम्पुरमा दुई देशबीच १० बुँदे सहमति

बिहिबार, २६ भदौ २०७६, १४ : ४५ नागरिक संवाददाता

काठमाडौं– १५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेकाे छ।

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताए। 

मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए। 
‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको छ’, घिमिरेले मलेसियाबाट नागरिक न्यूजसँग भने।

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो। सुरूमा दुइ दिन बस्ने भनेकाे बैठक निष्कर्षमा नपुग्दा लम्बिएकाे थियाे।

सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको उनले बताए। ‘अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुन्छ।’ सहसचिव घिमिरेले मलेसिया बन्द नगरेको जिकिर गर्दै श्रम सम्झौता अनुरुप नयाँ प्रक्रियाबाट कामदार जाने बाटो खुला भएको बताए। 

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ। 

मलेसिया गतिराेध अन्त्य भएकाेमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  'गत वर्षदेखि अवरूद्ध नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।'





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad