१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिन सांसदको माग

काठमाडौं– सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे।  

सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवनयापन गर्नुपर्ने प्रश्न गर्दै भनिन्, ‘अपराध गर्ने व्यक्तिलाई कानुन संशोधन गरेर भए पनि मृत्यु दण्डको सजाय दिइनुपर्छ। म सरकारको ध्यानाकर्षण गराउँदछु।’

घटना भएको जिल्ला पर्साका सांसद प्रदीप यादवले पनि कानुन संशोधन गरेर अपराधीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग गरे। ‘जसरी एसिड पीडित युवती जीवनभर दुःख कष्टमा रहन्छिन्, त्यसैगरी अपराधी जीवनभर जेलमा रहनुपर्छ’, उनले भने। 
सांसदहरुले पीडितको उपचार खर्च तथा क्षतिपूर्ती दिन पनि माग गरे। 

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। उनको अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले बसन्तपुरमा भएको घटनालाई समेत स्मरण गराएको सांसदहरुको भनाई छ। 

प्रकाशित: २२ भाद्र २०७६ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App