१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२१ करोडको खानेपानी आयोजना शिलान्यास

नवमिडाँडा–लुम्बाफुङ लिफ्टीङ खानेपानी आयोजनाको वोर्ड पढेर कामको शुभारम्भ गर्दै १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो। तस्बरःगिरिराज बाँस्कोटा/नागरिक

पाँचथर–खानेपानी समस्या झेलिरहेको फिदिम नगरपालिकाको लुम्फाबुङ र फाल्गुनन्द गाँउपालिकाको नवमिडाँडा क्षेत्रमा खानेपानी विरतण गर्ने गरी अघि लुम्बाफुङ–नवमिडाँडा लिफ्टिङ खानेपानी आयोजना अघि बढ्ने भएको छ। निबु खोलाको पानी बस्तीमा ल्याएर वितरण गर्ने गरी अघि बढाइएको आयोजनाको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले नवमिडाँडा बजारमा शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले अघि बढाएको आयोजनाको ठेक्का लागिसकेकाले काम अघि बढ्ने जानकारी दिइएको छ। ‘चुनावमा गरिएको प्रतिवद्धता अनुरुप आयोजना अघि बढेको छ। आयोजना पुरा गरेपछि खानेपानीले समस्या समाधान हुनेछ’ मन्त्री आङ्बोले भने ‘निर्माण कम्पनीले समयमानै काम सक्ने छ भन्ने विश्वास लिएका छौँ।’

२१ करोड २० लाख ७२ हजार लागतको आयोजना अघि बढेको हो। २०७८ असार मसान्तमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो। स्वाभीनारायण आशिवार्द जेविभले आयोजनाको ठेक्का पाएको छ। आयोजनाको कामले तिव्रता पाउने ठेकेदार कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताए।

फिदिम नगरपालिका ९ र फाल्गुनन्द गाँउपालिका १ का बासिन्दा आयोजना बनेपछि लाभान्वीत हुने छन्। १० दशमलव ५६ किलोमीटर लामो मुख्य प्रशासरण लाईनबाट खोलाको पानी बस्तीसम्म ल्याइने छ। ४१ दशमलव ७२ किलोमीटर वितरण लाईन निर्माण हुने छ। ८ सय ४४ घरधुरीमा खानेपानी पु-याउने योजना रहेको छ। आयोजनबाट ३ हजार ९ सय ७७ जना प्रत्यक्ष लावान्भित हुने तथ्याङक रहेको छ।

पानीका पुराना मुहान सुक्दै गएपछि खानेपानीको अभाव भोगिरहेका बासिन्दाहरु आयोजना बन्ने भएपछि खुसी छन्। खोलाको पानी बस्तीसम्म आएर उपभोग गर्न पाएका ठूलो राहत पुग्ने उनीहरुको भनाई छ। शिलान्यसमा यो क्षेत्रका उलेख्य बासिन्दा नवमिडाँडाबजारमा भेला भएका थिए। परम्परागत लिम्बु सस्कृतिमा आधारित  च्याब्रुङ सहितको झाकिका साथ शिलान्यस भएको थियो।

जनताको खानेपानीको चरम समस्यालाई बुझेर समयमा काम सक्न जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसा सापकोटाले  ठेकेदार कम्पनीलाई आग्रह गरे। खानेपानी नागरिकको न्यूनतम आवश्यकता भएकाले यो आयोजनाबाट सुविधा प्राप्त हुने भएकाले आयोजना सफलतापूर्वक सम्पन्न गर्नकालागि सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो।

प्रकाशित: २२ भाद्र २०७६ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App