१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

काठमाडौं– संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ। संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो।

बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तै देखियो। समितिमा संघीय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ। बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो। दुवै सांसदले ब्यक्त गरेको विचारको अन्तर्य एउटै हो तर आफूले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो।

दुवै जना सांसदले राखेको विचार ऐनको प्रस्तावनामा केके कुरा राख्ने भन्नेमा केन्द्रीत थियो। तर एकै अर्थ लाग्ने फरक फरक शब्दको प्रयोग र आफूले प्रयोग गरेको शब्द नै विधेयकमा उल्लेख गर्नुपर्ने अडानले कहिले काही व्यक्तिगत सवाल जवाफ पनि हुन पुगेको छ। यस्तोमा समितिमा छलफलमा सहभागी भएका मन्त्रालयका पदाधिकारी पनि अलमलमा परेको देखियो। बिहीबारको बैठकमा यस्तै भयो।

समितिमा यसप्रकारको छलफल बिधेयकलाई सरल र सम्बृद्ध बनाउन सहयोगी त बन्न सक्छ तर समयमा बिधेयक माथिको छलफल सकिएर सदनमा पेश हुन समय लागेको छ। यो बिधेयक पास नभएको कारण प्रदेश संसदले बनाउने धेरै बिधेयक रोकिएको छ।

प्रकाशित: १९ भाद्र २०७६ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App