नेपाली सेनालाई चीनको सहयोग

बिहिबार, १९ भदौ २०७६, ०८ : ०७ हिमनाथ देवकोटा

रसुवा - चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ। चीनले सहयोगस्वरूप उपलब्ध गराएको सामग्री मंगलबार रसुवागढी नाका हुँदै काठमाडौं भित्रिएको छ। मिसनका लागि आवश्यक आर्मोड पर्सनल क्यारिएर (एपिसी) उच्च सुरक्षाका साथ नेपाल ल्याइएको छ।

मंगलबार रसुवागढीबाट ६३ वटा एपिसी नेपाल भित्रिएका छन्। चीनले नेपाली सेनालाई राष्ट्रसंघीय मिसनमा जान चाहिने सामग्री उपलब्ध गराउँदै आएको छ। गत असारमा प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ समकक्षीबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सन् १९५८ देखि मिसनमा सहभागी हुन थालेको नेपाल सरकारले शान्ति सेना १० हजार पु¥याउने नीति लिएको छ। राष्ट्रसंघीय मिसनमा तीनवटा कम्पनी पठाउन तयार भएको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले बताए।

अहिले चीनबाट आएको एपिसी मिसनमा पठाइनेछ। चीन सरकारले उपलब्ध गराएको सामग्री आपूर्ति तथा परिवहन निर्देशनालयको व्यवस्थापनमा गरिएको हो। रसुवास्थित नेपाली सेनाको कालीजंग गणले त्यहाँको आवश्यक सुरक्षा व्यवस्थापन गरेको थियो। प्रधानसेनापति थापाले गरेको सहयोगसम्बन्धी सम्झौताअनुसारका सामग्री आउन करिब डेढदेखि दुई वर्षसम्म लाग्नेछ।

‘सम्झौता हुनेबित्तिकै सामग्री आउँदैन,’ उनले नागरिकसँग भने, ‘सम्झौता भएको डेड वर्षदेखि दुई वर्षपछि मात्रै सहयोग उपलब्ध गराउँछ।’ अहिले आएको सामग्रीको पहिल्यै सम्झौता भएको थियो। गत असारमा भएको सम्झौताअनुसार चाहिँ चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्नेछ।

रसुवागढी नाका २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। भारतले नाकाबन्दी गरेको समयमा चीनले उपलब्ध गराएको तेल यही नाका हुँदै भित्रिएको थियो। २०७४ सालमा चीनले रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सामग्रीको आयात निर्यात बढ्दै गएको छ।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad