१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रंगीविरंगी कपडामा इरानी कला

काठमाडौं - बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा झुन्डाइएका क्यानभासमा रंगीविरंगी कपडाको टुक्राहरू जोडेर कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । इरानी चित्रकारहरूले मिक्स मिडियाको प्रयोग गरेर तयार गरेको ‘टु रिमेम्बर’ नामक कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ ।

गत भदौ १२ देखि सुरू भएको प्रदर्शनीमा इरानी कलाकारहरू मरियम अस्क्यानियन, फार्सिद दाभोदी र सिमा साहमोरादीले बनाएका कलाहरूको प्रदर्शनी भइरहेको छ । विभिन्न पत्रपत्रिकालाई गमले टाँसेर ‘टु रिमेम्बर मी’ नामक कला तयार गरिएको छ ।

‘यु आर नट माई ब्रदर’ नामक कलामा कलाकार मरियम अस्क्यानियनले विभिन्न कपडाको टुक्रा पारेर मानिसको आकृति बनाएका छन् । कपडामा मान्छेको आकृति बनाएपछि विभिन्न टुक्रा पारिएको उनको कलामा रंगीविरंगी रंगको प्रयोग गरिएको छ । आफ्नी आमाले कपडासम्बन्धी काम गर्ने हुँदा उनीको कला त्यसबाट प्रेरित भएको तर्क उनी गर्छन् ।

‘मेरी आमाले गर्दै आएको कामबाट प्रोत्साहित भएकाले मेरो कलामा कपडाले प्राथमिकता पाएको हो । कपडा काट्न व्यस्त रहने मेरो आमाको जीवनशैलीबाट मेरो कामहरू प्रेरित हुने गरेको छ, ’ उनी भन्छन्, ‘आधुनिक युगमा कपडमलाई क्यानभासको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देशसहित मैले कला तयार गरेको छु ।’
क्लाकार सिमाको कलामा संसारको सर्वोच्च शिखर सगरमाथाले प्राथमिकता पाएको छ ।

मिक्स मिडियाको प्रयोग गरेर तयार गरिएको सगरमाथाको कलात्मक चित्रले नेपालको पर्यटन क्षेत्रको महत्वलाई दर्साएको छ । संसारभर नेपालको परिचय बोकेको सगरमाथालाई कलात्मक देखाउने उनले हरियो, निलो र खैरो रङको प्रयोग गरिएकी छिन् ।  उनले बनाएको अर्को कलामा ‘ह्युमन फिगर’ शीर्षकमा एउटै आकृतिमा मानिसहरूको फरक अनुहारलाई समेटेकी छन् । संसारभरका मानिसहरूको आकृति उस्तै देखिएपनि अनुहार भने तुलनात्मक रूपमा फरक हुने प्रसंगलाई उनले क्यानभासमा प्राथमिकता दिएकी छिन् ।

नेपालको आर्ट ग्यालरीमा इरानी कलालाई प्रदर्शन गर्न लागि परेकी इरानी कलाकार नेडा हफारीका अनुसार सो प्रदर्शनले नेपाल र इरानलाई कलाको माध्यमले जोड्न मदत पु¥याएको बताउँछिन् ।

‘इरानको कला नेपालमा प्रदर्शन गर्दा कलाकारहरूले नेपाली कलाबारे बुझ्न पाइरहेका छन् । उनीहरूले धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने नेपाली कलाका विभिन्न आयामलाई प्रत्यक्ष देख्ने र सिक्ने अवसर समेत पाएजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘यसरी एक देशको कला अर्को देशसम्म पु¥याएमा कलाकारिताको क्षेत्र बिस्तार हुँदै गएको महसुस गरेको छ । कलामा सधैं क्यानभासको प्रयोग गर्नुभन्दा पनि सिसा, कपडा र कागजको प्रयोग गर्दा चित्रकलामा नयाँपन आउने गर्दछ ।’ प्रदर्शनी भदौ १८ सम्म चल्नेछ ।

 

प्रकाशित: १८ भाद्र २०७६ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App