१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शोभाभगवती मन्दिरमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो। शिविरमा जेनेरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो। ३ सय जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ। 

स्वास्थ्य शिविरको उद्घाटन गर्दैसहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पारे। उनले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढी लाभान्वित हुने विश्वास पनि व्यक्त गरे। सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षारोपणलगायतका काम गरिएको पनि स्मरण गराए।

सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकीको पनि स्थापना गरेको छ। 

प्रकाशित: १७ भाद्र २०७६ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App