१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘लोकतन्त्र र आजको मार्क्सवाद’ माथि बहस

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रत्येक व्यक्तिले राजनीतिमा चासो राख्दै राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले राज्यले पनि जनताको विचार र चासोको ख्याल गर्नुपर्ने बताएका छन्। प्रा। चैतन्य मिश्र लिखित ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै गिरीले भने, ‘अहिले नेपाल, समाज र जनताले खोजेको सामाजिक लोकतन्त्र हो तर अहिले नेपाल र नेपाली समाजको अराजनीतिकरण हुँदैछ। गणतन्त्रले ठाउँ पाएको छ जुन सबै जनताका लागि हानिकारक हो।’

गिरीले मिश्रले आफ्नो पुस्तकमा समाजवाद सिद्धान्तअन्तर्गत हामीले कस्तो मनुष्य निर्माण गर्दैछौं भन्ने प्रश्न उठाएका छन्। माक्र्सवादसँग जोडिएका बहसहरु र समाजवादका धारणाहरुलाई समेटेर लेखिएको उक्त पुस्तक शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीलगायतले विमोचन गरे। बुक हिलले प्रकाशन गरेको पुस्तकको सम्पादन राजेन्द्र महर्जनले गरेका हुन्।

लेखक कवि तथा विश्लेषक आहुतिले समाजवाद अन्र्तगत आगामी दिनको नेपाली समाजको यात्रा कता जानुपर्छ भन्ने विषयलाई पुस्तकमा समेटिएको बताए। विमोचन कार्यक्रममा बोल्दै विश्लेषक आहुतिले समाजवादअन्र्तगत आगामी दिनको नेपाली समाजको यात्रा कता जानुपर्छ भन्ने विषयलाई पुस्तकले उठान गरेको बताए। पुँजीवादका विषयलाई लेखकले बलिया र तिखा तर्कसहित पुस्तकमा व्याख्या गरेको उनको भनाइ छ। उनले प्रश्न उठाउँदै भने, ‘ऐतिहासिक भौतिकवादका आधारमा कम्युनिस्ट पार्टी चाहिँदैन। सय वर्ष अघि नचाहिएको अब झन् किन चाहियो रु’ पुस्तक सम्पादन गरेका सम्पादक महर्जनले पुस्तकमा नेपाली राजनीतिक अवस्थाको संक्रमण कसरी भयो भन्ने तथ्यलाई समेटिएको बताए।

पुस्तकको सम्पादक राजेन्द्र महर्जनले अहिले भइरहेको राजनीतिक संक्रमणलाई नेपाली बौद्धिकवादले कसरी ग्रहण गरेको छ भन्ने विधिलाई पुस्तकमा मिश्रले उधिनेको बताए। ‘सरकारले पुस्तक आयातमा लगाएको करका कारण अंग्रेजी पुस्तक आउन छाडेका छन्, फलस्वरुप पुस्तक पसलका ¥याकहरु रित्तिँदै गएका छन्,’ महर्जनले भने, ‘ती खाली हुँदै गएका ¥याकहरुलाई यस पुस्तकले भर्नेछ।’

कार्यक्रमकी अर्की वक्ता डा। विन्दा पाण्डेले उक्त पुस्तक वैचारिक बहसकै समयमा लेखिएको र परिवर्तित समयसँगै बहसको माग गरिएको बताइन्। पुस्तक पढेपछि पाठकलाई आलोचना गर्न मात्रै नभएर आलोचनात्मक धारणाबाट आवाज उठाउन सहयोग मिल्ने उनले बताइन्। ‘समयको परिवर्तनसँगै मानिसको सोच र विचारमा पनि परिवर्तन आउँछ,’ उनले भनिन्, ‘नयाँ पिँढीलाई विगतबारे जानकारी गराउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ।’ उनले थपिन्, ‘पुस्तकमा लोकतन्त्र र दलतन्त्रबीचको फरकलाई पनि समावेश गरिएकाले पुस्तक सबैका लागि पठनयोग्य छ।’

लेखक मिश्रले सबैप्रति आभार प्रकट गर्दै वक्ताहरुले दिएको प्रतिक्रियाका आधारमा आगामी दिनमा आजको भन्दा अझ सशक्त र बलिया विचार प्रस्तुत गर्दै जाने विश्वास दिलाए।

प्रकाशित: १६ भाद्र २०७६ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App