१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँग सहकार्य गर्न असद इच्छुक

दमास्कस–सिरियाका राष्ट्रपति बसर अल असदले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गरेर आतंकबाद विरुद्ध लड्ने बताएका छन्।
पोर्चुगलको एक टेलिभिजनसँग कुरा गर्दै असदले ट्रम्पले आफ्नो चुनावी प्रचारसारमा आतंकबादका विरुद्ध लड्ने प्रतिबद्धता जनाएकाले उनीसँग स्वभाविक रुपमा आतंकबाद विरुद्धको लडाईमा गठबन्धन हुने विश्वास व्यक्त गरेका हुन् ।

तर, असदले ओबामा सरकार र विगतको अमेरिकी सरकारको सिरिया नीति खराब भएको आरोप लगाए। उनले अमेरिकाले आफ्नो दोधारे चरित्र देखाएको समेत आरोप लगाए । उनले भने, ‘अमेरिकी सरकार आइएस र जिहादीवरुद्धको लडाईमा सिरियाको साथ दिइरहेको छ भने अर्को तर्फ सरकारविरुद्ध आन्दोलनरत पक्षलाई समेत सहयोग गरिरहेको छ त्यसैले उसको नीति प्रष्ट छैन।’

उनले ट्रम्पले आफ्नो चुनावी अभियानमा भनेजस्तो नीति व्यवहारमा लागू गर्नेमा भने शंका व्यक्त गरे। सन् २०११ को मार्चबाट सुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म तीन लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।

 

प्रकाशित: १ मंसिर २०७३ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App