१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बा ! कता जानुभयो ?

जब हरेक वर्ष एकै दिन बुबाको मुख हेर्ने दिन कुशे औंसी, मोती जयन्ती आउने गर्छन्। तब मलाई बुबाको सम्झनाले साह्रै पिरोल्ने गर्छ। म कक्षा ७ मा पढ्दा बुबा बित्नुभो त्यसपछि मलाई निकै पीडा भो। मेरा बुबा बित्दाको सम्झना गरेर आफूलाई सम्झन्छु। त्यो बाल्यकाल... कहालीलाग्दो जीवनकथा...।

बाबा बितेपछि मलाई रातीको समय, माघको चिसो, सिरेटो, नाङ्गै बनाए। रातको समयमा रिडीको काली गण्डकी तीरमा लगे। कपाल खौरेर मुडुलै पारे। लगौटी लगाइदिए। कम्बलमात्र ओड्न दिए। बुबाको शरीर खरानी पारिदिए। मैले टुलुटुलु हेरेँ। रोएँ। बुबा भन्न पनि पाइनँ।

आज बालाई सम्झँदा भीमनिधि तिवारीको दागबत्ती कविता सम्झिहाल्छु। दागबत्ती कविता पढ्दा बालाई सम्झन्छु। तिवारीले लेखेका छन्–
    ‘म सात वर्षको थिएँ, अबोध बालकै थिएँ
    कुनै कुरा थिएन थाहा, मस्त नीदमा थिएँ
    मलाई घच्घचाउँदै उठाउँदै ल हिँड् भने
    अघोर मध्यरातमा धुरुधुरु रुँदै गएँ’

बा बित्दा मेरो व्रतबन्ध भइसकेको थियो। सानै भए पनि म किरिया बसेँ। आमा पनि बस्नुभो। १३ दिनसम्मको कर्म गर्नुप-यो। गरियो।

दिनदिनै कालीगण्डकी तीरमा लगेर आफ्ना बन्धु बान्धव र पण्डितजीले पिण्डदान गर्न भन्नुहुन्थ्यो। मैले जे भन्यो, त्यही गर्थें। गर्नुपथ्र्यो। बा बितेको तेस्रो दिन साँझ मिस्रीका काँडा (मिस्री पानी) पकाएर खाने बेलामा म डाँको छोडेर रोएँ। आमालाई भनेँ– आमा अब म ठूलो हुनै सक्दिनँ है ? अब बा नभएपछि हामीलाई कसले पाल्छ र ?

आमाले सम्झाउनुभयो। आमाले कति पीर मान्नुभयो होला, अहिले अन्दाज गर्न सकिन्न। फेरि दुई दिनपछि पिण्डदान गर्ने ठाउँमा म रोएँ। एकजना उमेर पाकेका आफन्तले सम्झाउनुभो– मेरा बुबा बित्दा पनि म आठ वर्षको थिएँ। अहिले बूढो भएँ। बाबू नरोऊ। म घरमा आएर आमासँग खुसी हुँदै भनेँ–आमा आमा ! म ठूलो हुने भएँ नि !
यसरी नदी किनाराका सबै कुरा आमालाई सुनाएँ। आमा फेरि भावुक हुनुभयो होला।

बाबुको मुख हेर्ने दिनमा आमाबाबु दुवैको दायित्व निर्वाह गरेर हामीलाई हुर्काउने आफ्नी आमालाई हेरेर बाबुलाई सम्झनु नै हाम्रा लागि एउटा सन्तोषको बाटो भेटिएको छ।

बा बितेपछि मेरा दिन उराठलाग्दा भए। पढाइ पनि तनावपूर्ण तरिकाले अगाडि बढ्यो। सानोमा अथवा बा छँदै पनि बा त्यति घरमा नहुने। धार्मिक आध्यात्मिक सत्संगका लागि निस्कने। त्यति सँगै हुन पाइएन। बाले माया गरेको अनुभव र अनुभूति राम्ररी सम्झना छैन। खै सानोमा चार छोरीपछि जन्मेको छोरो भएर माया पाइएकै होला। तर, धीत मरुन्जेल बाले माया गरेको सम्झने सामथ्र्य भएन।

यसैगरी दिन बिते। रात बिते। बाको सम्झनाले पिरोल्यो। बा आउनुभएन। कसैले केही भन्यो गाली ग-यो मन दुखायो। ‘बा नभएर मलाई यस्तो गरे’ यही भावना मनभरि–हृदयभरि भरिन्थ्यो। दिउँसो दुखेको मन साँझ खाना खाने बेलामा आमासँग सबै कुरा बताएर धीत मरुञ्जेल रोएपछि शान्त हुन्थ्यो। आमाको काखले मलमको काम गथ्र्यो।

पिताजीले उपचार गरेको केही ऋण बल्लबल्ल तिरियो। साहुको ऋण तिर्न गोठको भैँसी दिइयो। हिसाब मिलाएर एकजोर नयाँ चप्पल मागेर खुसी हुँदै घर फर्कियो। गोठको भैंसी गएको पीरभन्दा पनि ऋण तिरेकोमा अपार आनन्द भयो।

एसएलसी पास भइयो। क्याम्पस पढ्दा साथीहरूको रमाइलोमा सामेल हुने अवसर मिलेन। शैक्षिक भ्रमण जाँदा पैसा नभएकाले घरमै बसियो। बिए पास भएपछि रिडीमा जागिर पाइएन। आइए दोस्रो वर्षमा कक्षामा प्रथम, बएि प्रथम वर्षमा कक्षामा प्रथम भएर दोस्रो वर्षको परीक्षा दिएर बसेको मान्छेले रिडीमा खरदार सरहको जागिर नपाएपछि, भनसुन गरिदिने कोही नभएपछि घर छाड्न करै लाग्यो।

निस्सासिँदै, हतास्सिँदै घर छाडियो। स्याङ्जामा दुई महिना पढाएर आठ सय जम्मा पारेपछि काठमाडौँ आइयो। काठमाडाँैका पत्थरसँग जुधियो। पढियो। केही गरियो। गरिँदैछ। नेपाली एमएमा प्रथम श्रेणीमा प्रथम भइयो। एमफिल अति उत्तम श्रेणीमा उत्तीर्ण गरियो। अझै पनि पढ्ने भोक मार्न सकिएन। भोको भइयो। पढाइको भोक लागिरह्यो।

मेरा बालाई किन चाँडै कसले कहाँ लग्यो ? कसैले पनि बाको कविता लेखेको पाइएन जति आमाको लेखियो। राष्ट्रकवि माधवप्रसाद घिमिरेले यसरी आमाका बारेमा कविता लेख्नुभयो :
“आमा बालककी नमार भगवन् संसार भर्ने भए”
मलाई त अब एक सय वर्ष पुगेर माथितिर पाइला चाल्न लाग्नुभएका कविलाई यसरी उत्तर दिन वा अनुरोध गर्न मन लाग्योः
“आमाबाबु दुवै नमार भगवन् संसार भर्ने भए”
आजभोलि आफूसँग प्रत्यक्ष रहेका बुबालाई “ह्याप्पी फादर्स डे” भनेर एक प्रकारको चाड मनाउँछन्। केक काट्ने चलन छ। अनेक प्रकारका उपहार दिएर पनि मनाइन्छ। बुबासँग आशीर्वाद लिइन्छ। मलाई भने त्यो अवसर छैन।

केही वर्ष पहिले बुबालाई मैले सपनामा देखेर निकै खुसी भएको थिएँ। बुबा अग्लो, गोरो, हाँसेको, तर पटक्कै बोल्नुभएन। मैले एकोहोरो आफ्ना कुरा आधा घन्टा जति सुनाएको थिएँ। मैले आफ्ना दुःखसुखका यावत् कुरा बुबालाई सुनाएर आनन्द लिएको थिएँ, पछि सपनामा देखिएका बा हराउनुभो। म झल्याँस्स भएँ।

मैले मेरामात्र कुरा किन गर्नु ? कसकसका कति बाहरू राजनीतिक आन्दोलनमा मारिएर छोराछोरी टुहुरा भए। कतिका बाहरू द्वन्द्वकालमा दोहोरो झडपमा मारिए। कतिका बाहरू समयमा उपचार नपाएर मरे। ती सबै बाहरूको हिसाबकिताब कसले राख्ने ? ती सबै छोराछोरीको टुहुरो अनुभूति कसले लेख्ने ?

अर्को कुरा हाम्रा पालामा स्कुल पढ्दा सिर्जनात्मक लेखन त्यति गराउने चलन भएजस्तो मलाई लाग्दैन। अहिले त जताततै यो चलन छ। मैले पनि मास्टर भएका नाताले त्यो गराउँछु। तर मलाई ‘बाबुको मुख हेर्ने दिन’ शीर्षकमा सिर्जनात्मक लेखनको काम दिन मन लाग्दैन। बरु यस्तै दुई तीन शीर्षक अरू पनि राखेर लेख्न लगाउन मन लाग्छ।

यदि मैले त्यही एउटामात्र शीर्षक दिएर कोही बाबु नभएका विद्यार्थी परे भने मेरो सातो जान्छ। मलाई यदि सात–आठ कक्षामा बाबुको मुख हेर्ने दिन शीर्षक दिएर मेरा नेपाली विषयका गुरुले लेख्न लगाएको भए म फेल हुन्थेँ वा अरु क्यै। धन्न त्यति बेला लेख्नै परेन। किनकि म त्यति बेला बालाई सम्झेर रुन थालेको वा के लेख्ने के लेख्ने दोधारमा पर्थें। आफ्ना बालाई मरेको भनेर लेख्ने कुरा पनि कहाँ हुन्थ्यो र ?

हामीले आमा–बाबुलाई ‘मातृदेवो भव’, ‘पितृदेवो भव’ अर्थात् आमाबाबु देवता समान हुनुहुन्छ भनेर पढ्दै सुन्दै आएका छौँ। संस्कृत भाषाको ‘पा’ रक्षणे धातुबाट बनेको पिता शब्दको अर्थ संरक्षक हुन्छ। पिता वा बाबुलाई जीवन दिने, शिक्षा दिने पालनकर्ताका रूपमा मानिन्छ। पिताको सम्मान र सेवा गर्नाले जति कल्याण हुन्छ त्यति कल्याण त कुनै दान, मान र पर्याप्त दक्षिणाबाट गरिने यज्ञबाट पनि नहुने कुरा रामायणको अयोध्याकाण्डमा यसरी लेखिएको छ:
“न सत्यं दानमानौ वा न यज्ञाश्चाप्तदक्षिणाः
तथा बलकराः सीते यथा सेवा पितुर्हिता”
पिताको आज्ञालाई सम्मानपूर्वक पालन गर्ने सन्तानका सम्पूर्ण दोष र पाप स्वतः हराउँछन् भन्ने कुरा महाभारत शान्तिपर्वमा रहेको चर्चा डा. ऋषिप्रसाद शर्माले ‘नेपाल राष्ट्रिय चाडपर्व’ (२०७१) कृतिमा गरेका छन्। त्यस्तै यसै कृतिमा महर्षि व्यासले पितालाई नै धर्म, स्वर्ग र श्रेष्ठ तप हो भनेर पिता प्रसन्न भएमा समस्त देवगण आपैmँ प्रसन्न हुन्छन् भनी उल्लेख गरेको पाइन्छ।

अहिले आएर शास्त्रज्ञान गरी पिताको महŒव यसरी बुझे पनि मैले सानैमा आपैmँलाई परेको आधारमा अनुभूति गरेकै थिएँ। अहिले यो उमेरमा आफू पनि बाबु बनेर अगाडि बढ्दै गर्दा झन् बढी श्रद्धा जाग्दछ आफूलाई आफ्नै बाप्रति। अहिले पनि बा हुनुभएको भए केही अप्ठ्यारो पर्दा अथवा नयाँ काम आँट्दा बासँग सल्लाह गर्न पाइन्थ्यो नि भन्ने लाग्छ। बाबुको मुख हेर्ने दिनमा आमाबाबु दुवैको दायित्व निर्वाह गरेर हामीलाई हुर्काउने आफ्नी आमालाई हेरेर बाबुलाई सम्झनु नै हाम्रा लागि एउटा सन्तोषको बाटो भेटिएको छ।

प्रकाशित: १४ भाद्र २०७६ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App