१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको प्रश्नः तीनकुनेको जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो?

काठमाडौं– राष्ट्रियसभाको विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गाको विषयमा प्रश्न उठेको छ। 

सांसद खिमकुमार विश्वकर्माले शून्य समयमा पार्क निर्माण गर्न छुट्याइएको जग्गा कहाँ हरायो भनी सरकारको ध्यानाकर्षण गराए। ‘केही वर्ष अगाडि त्यहाँ अत्याधुनिक पार्क निर्माणको कुरा सुनिएको थियो। त्यो कार्य किन अगाडि बढ्न सकेन? त्यो जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो? त्यो जग्गाको वास्वविकता के हो?’ उनले प्रश्न गरे।  

सांसद विश्वकर्माले नेपाल भ्रमण वर्ष २०२० संघारमै आइरहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको तीनकुनेको अस्तव्यस्त जग्गामा यथाशिध्र पार्कको निर्माण कार्य सुरु गर्न माग गरे। 

प्रकाशित: १२ भाद्र २०७६ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App