१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारी छनौटमा अनियमिता गरेकाे भन्दै छानबिनकाे माग

रसुवा– स्वास्थ्य कार्यालय रसुवाले कर्मचारी छनौटमा अनियमिता गरेको भन्दै अन्तर्वार्तामा सहभागी भएकाहरुले छानबिन गर्न माग गरेका छन्। कार्यालयले सहयोगी पदमा अयोग्य व्यक्ति राखेको र सवारी चालक पदमा प्रयोगात्मक परीक्षामा असफल भएको व्यक्ति राखेको भन्दै उनीहरुले छानबिनको माग गरेका हुन्।

अन्तर्वार्तामा सहभागी भएका सोहन लामा, सुशील तामाङ, सुमिता तामाङ, दिपा भुजेल र यम प्रसाद भट्टराइले छानबिनको माग गर्दै संयुक्त निवेदन दिएका छन्। छनौट समितिभित्र आर्थिक चलखेल भएको हुन सक्ने र निश्पक्षताको कमी देखिएकाले तत्काल छानबिन गर्न अनुरोध गरेका छन्। 

स्वास्थ्य कार्यालयलाई बोधार्थ दिँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, वडा कार्यालय, नेपाल कम्युनिष्ट पार्टी रसुवा र नेपाली कांग्रेस रसुवालाई संयुक्त निवेदन दिएका हुन्। यही भदौ ५ गते सवारी चालकको लागि ३ जना र कार्यालय सहयोगीको लागि पाँच जना गरी ८ जनाको अन्तर्वार्ता दिएका थिए। 

प्रकाशित: ११ भाद्र २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App