१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपालिकाभित्रैकै सडकको लगत कट्टा छैन्

जिल्लाभित्र रहेका सडकको लगत कट्टा हुन सकेका छैनन् । तस्बिरः सुमन/नागरिक

मुगु– २०६९ साल पौष १ गतेबाट सदरमुकाम गमगढी विधिवत रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि जिल्लाभित्र गाउँगाउँमा सडक खन्ने कार्यले तिब्रता पाएको थियो। यसरी आ आफ्नो गाउँलाई सडकसँग जोड्न तिब्र प्रतिस्पर्धा चलेपनि सडक विभागको जिम्मेवारीमा रहेका सडकहरु, स्थानीय तहले खनेका सडकहरुको अहिले सम्म लगत कट्टा गरिएको छैन्।

नाग्मदेखि गमगढीसम्मको ९४ किलो मिटर सडकखण्डमा अधिकांश सामुदायिक वन,  राष्ट्रिय वन तथा व्यक्तिगत जग्गासमेत सडक विभागले अतिक्रमण गरि सडक निर्माण गरेको छ। अहिलेसम्म लगत कट्टा हुन सकेको छैन्।

सदरमुकाम गमगढीको पुरानो बजारमा रहेको सानो बाटो बाहेक अरु कुनै सडकको लगत कट्टा छैन्। तिब्र बजारिकरणसँगै सडक फराकिलो बनाउन तत्कालिन श्रीनगर गाविसले पटक पटक बजार क्षेत्रमा बाटो मिचेर बनाईएका सडक पेटी, भ¥याङ्ग, दलिन हटाउन निकै प्रयास गरिए पनि सडकको अवस्था उस्तै छ।

यता २०६९ साल पौष १ गते मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँ बस्तिहरुमा सडक खन्ने होडबाजी चले पनि मनपरि सडक खन्दा राष्ट्रिय वन, सामुदायिक वन तथा स्थानीयवासीको जग्गा परेका सबै सडकखण्डमा जग्गाको लगत कट्टा हुन सकेको छैन्।

जिल्ला नापी कार्यालयका अनुसार जिल्लाको खत्याड गाउँपालिकाभित्र खनिएका सडकको लगत कट्टा गर्ने कार्य भई रहेको छ। खत्याड गाउँपालिकाले सडक आसपासको दश मिटर जग्गाको लगत कट्टा गरे पनि अन्य स्थानमा लगत कट्टा नभएको नापी कार्यालयका कार्यालय प्रमुख हरिहर चौलागाईले नागरिक न्यूजलाई बताए।

यता नाग्म गमगढी सडकखण्डको ट्रयाक खुलेको आठ वर्ष पुगे पनि दुई लेनको सडक बन्न सकेको छैन्। सडक डिभिजन कार्यालयले २०७८ साल असारसम्म गमगढी नाग्म सडकलाई दुई लेनको बनाई सक्ने डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ। सडकको कालोपत्रे गर्ने बेला मात्र जग्गाको लगत कट्टा गर्ने र त्यहि बेला नै स्थानीयवासीलाई मुआब्जा दिने भएकाले अबको दुई वर्षपछि मात्र सडकमा परेको जग्गाको लगत कट्टा गरिने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख सर्वणकुमार महताराले जानकारी दिए।

सडकको लगत कट्टा नभएकाले स्थानीयवासीले सडक साघुँरो बनाउदै गएका छन्। नगरपालिकाका ८७ वटा बस्ति मध्य ७० बढि वस्तिमा सडक पुगि सकेको छ।

प्रकाशित: ८ भाद्र २०७६ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App