१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

काठमाडाैं - सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आजै सिंगापुर जादै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८/१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए।

प्रधानमन्त्री ओली र दाहाल  दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो। सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन्। बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App