१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चर्चा कमाउने, कार्यान्वयन नगर्ने

ट्राफिक प्रहरीले नयाँ नियम ल्याउने, दुईचार महिना कार्यान्वयन गर्ने अनि निरन्तरता नदिने प्रवृत्तिले सडक प्रयोगकर्ताले हैरानी व्यहोर्नु परेको छ। चर्चाकै लागि नयाँ नियम ल्याउने तर त्यसको कार्यान्वयन नगरी फेरि अर्को नियम ल्याउने प्रवृत्तिले हैरान हुने गरेको मोटसाइल चालक अजित बजगाईको गुनासो छ। प्रहरी प्रमुख परिवर्तन भएसँगै नियम आउने तर निरन्तरता नपाउने उनले बताए। चर्चामा आउन ल्याइने यस्ता नियमले सवारी चालक हैरानीमा पर्ने गरेको उनको गुनासो छ।

बजगाई भन्छन्, ‘अझ ट्राफिकको मनोमानी त्यस्तै छ। सडकमा पनि कहिलेकाहीँ जथाभावी मोड्न लगाउछँन्। जानु छ एक ठाँउ अर्को ठाउँमा मोडदिएपछि समयमा पुग्न सकिँदैन। ‘नियमविपरीत जथाभावी पठाउन नपाउनुपर्ने जस्तो लाग्छ,’ उनले भने, ‘कहिलेकाहीँ त एकदम रिस उठ्छ र झगडा पनि गरिन्छ, अभैm उल्टै थर्काउछन्। धेरै बढि नबोल्नु चिट काटदिन्छु भनेर अनि चुपचाप बस्नुपर्छ,’ उनले भने।

ट्याक्सी चालक टंक खत्री भन्छन्, ‘प्रहरीको मनोमानी एकदम धेरै छ। हामी निम्न वर्गका मानिसले विरोध ग¥यो भने विभिन्न बहानामा चिट काटिदिन्छन् त्यसैले चुपचाप सहनुपर्छ। जाम भयो भने मनपरि गरेर सवारी यता र यठा पठाउँछन्। पुग्नुपर्ने ठाउँमा ढिलो हँुदा पनि हामीलाई नै समस्या हुन्छ।’

‘कहिले के कहिले के नियम ल्याउँछन्। सबै चर्चामा आउन त हो,’ पैदल हिँडिरहेका पैदललयात्रु अरुण चौधरी भन्छन्, ‘अब जथाभावी सडकपार नगरौं भन्दा पनि सबै सडकमा जथाभावी हिँडिरहेका हुन्छन्। राम्रोसँग कारबाही नगर्दा पैदलयात्रुले आकाशे पुल पनि प्रयोग गर्दैनन्।’ झन् अहिले अनिवार्य ज्याकेटले पनि पैसा खर्च मात्र गरेको उनले बताए। ज्याकेटको व्यापार गर्ने मात्र भएको उनले आरोप लगाए। ‘आफ्नो लाखौंको ट्याक्सी छोडेर को भाग्छ र ?,’ उनले प्रश्न गरे।

केही समयअघि मोटरसाइकल पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्छ भन्ने कुरा चल्यो। यसले मोटरसाइकलको पछि बस्नेलाई समस्या पर्ने भन्दै निकै विरोध पनि भयो। ‘सधंै हेल्मेट बोकेर हिँड्न सकिँदैन। बाटोमा कोही आफन्त भेटिए के गर्ने ? कहाँबाट ल्याउने हेल्मेट ?,’ चौधरी प्रश्न गर्छन्।

दुर्घटनामा पर्दा विशेषगरी टाउकोमा बढी चोट लाग्ने देखिएपछि उक्त नियम कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यशाखाका प्रवक्ता रविकुमार पौडेलले बताए। चर्चाका लागि नभएको उनको दाबी छ। उनी भन्छन्, ‘सुरक्षाका हिसाबले पछाडि बस्नेले पनि हेल्मेट लगाउनु ठिक हो, तर कानुनी हिसाबले हेल्मेटको प्रयोग गर्नैपर्छ भन्ने प्रावधान अहिलेसम्म आएको छैन, हामीले त्यो सल्लाह मात्र हो लागू नै गर्न लागेको होइन।’

काठमाडौंमा करिब दस लाख मोटरसाइकल चल्छन्। हरेकको पछाडि बस्नेले हेल्मेट लगाउनुपर्दा दस लाखको हेल्मेटको न्यूनतम एक हजारका दरले पनि एक अर्बको व्यापार हुन्छ। सबै कमिसन कै प्रलोभन हुनेसक्ने मोटरसाइकल चालको भनाइ छ। नेपालभरमा करिब २५ लाख मोटरसाइल रहेको र आइएसओ स्टान्टर्डका हेल्मेट खरिदमा भने करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

अघिल्ला वर्षमा जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले कारबाही स्वरूप एकछिन रोकेर प्रशिक्षण दिएर मात्रै पठाउने गरेको थियो। यात्रुहरूलाई नियन्त्रण गरी सडक छेउमा घेरा बनाएर राखेर सडकमा हिँड्दा ख्याल गनुपर्ने कुरा सिकाइन्थ्यो। साथसाथै जथाभावी बाटो काट्ने र जेब्राक्रसको प्रयोग नगर्नेलाई जरिवानासमेत गर्ने प्रावधान थियो। तर अहिले सो नियम पालना भएको पाइँदैन।

महानगरीय ट्राफिक प्रहरी कार्यशाखाका प्रवक्ता रविकुमार पौडेलका अनुसार जेब्रा क्रसिङ प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने नियम कार्यान्वयन भएपछि ५२ हजार, ७ सय ६६ जना पैदल यात्री कारबाहीमा परेका थिए। कार्यशाखाको कारबाही विवरणमा २०७५ असोजसम्मको तथ्यांक मात्र उल्लेख छ। त्यसपछि कति कारबाहीमा परे भन्ने विवरण छैन। ‘नियम ल्याए, छोटो समयसम्म चर्चामा रहे र अहिले कार्यान्वयन नै हुन छाडेको अवस्था छ,’ पैदलयात्रु अरुण चौधरीले भने, ‘अभियान ल्याइन्छ। भर्खर सुधार हुन लागेको हुन्छ तर निरन्तर कार्यान्वयन नगरिँदा पुनः त्यो यत्तिकै हराउँछ।’

यसबारे प्रवक्ता पौडेल भन्छन्, ‘हामीले जुनसुकै अभियान पनि निश्चित समयवधिका लागि सञ्चालन गर्छौ, समयवधिसम्म अभियान कार्यान्वयनमा हुन्छ, त्यसपछि हामी नयाँ अभियान ल्याउनेतर्फ लाग्छौं, पुराना हराउँदै जान्छन्।’

आकाशे पुलको होडिङ बोर्ड हटाउने

केही समयअघि ट्राफिक प्रहरीले राजधानीभित्रका आकाशे पुलमा टासिँएका होर्डिङ बोर्ड हटाउने अभियान ल्याएको थियो। जुन अभियान अहिले कार्यान्वयन हुनबाट पछि हटिसकेको छ। प्रवक्ता पौडेलले अभियान सञ्चालन भएको एक वर्षसम्म कार्यान्वयन भयो तर अहिले केही नभएको बताए। उनले भने, ‘तत्कालीन समयमा होर्डिङ बोर्डसम्बन्धी हामीले केही पनि कदम चालेका छैनौं, पहिलाजस्तो अहिले पुलमा बोर्ड टाँसेको पनि त्यति देखिदैँन।’

यसैगरी २०७३ चैत २० गते महानगरीय ट्राफिक प्रहरीसँगको समन्वयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, कामपा कार्यकारी प्रमुख ईश्वरराज पौडेल, यातायात विभागका निर्देशक रूपनारायण भट्टराई तथा महाशाखाको डिआइजी मिंमार लामाले २०७४ वैशाख १ गतेबाट हर्न मुक्त सहर बनाउने निर्णय गरे। सो निर्णयपछि राजधानीभित्रका सडकमा हर्न बजाउने सवारी चालकलाई कारबाही गर्ने नियम अगाडि बढाइयो। तर अहिले फेरि जथाभावी प्रसर हर्न बजाउने क्रम बढ्दै गएको छ। २०७४ वैशाख १ गतेबाट कार्यान्वयनमा ल्याइएको सो नियमबाट तीन महिनामै ९ हजार ६ सय ६३ सवारी चालक कारबाहीमा परेका थिए।

महानगरीय ट्राफिक प्रहरी कार्यशाखामा उल्लिखित विवरणअनुसार आर्थिक वर्ष २०७५÷७६ साउनमा मात्रै ९ हजार दुई सय १४ सवारी चालक कारबाहीमा परेका छन्। त्यस्तै भदौमा ८ सय ७, असोजमा ४ सय ५१, कार्तिकमा ४ सय १५, मंसिरमा ६ सय ११, पुषमा ७ सय ४१, माघमा २ हजार ९ सय ७९, फागुनमा १ हजार ५ सय ८४, चैतमा १ हजार ४ सय ९० वैशाखमा ३ हजार ८ सय ६३ र जेठमा ४ सय ४९ जना सवारी चालक हर्नका कारण कारबाहीमा परेका थिए।

सार्वजनिक सवारी चालक र सहचालकले अनिवार्य ज्याकेट लगाउने नियम पनि राम्रोसाग लागु भएन। काठमाडौं उपत्यकामा मात्र लगभग १० हजारभन्दा बढि ट्याक्सी र माइक्रो बसका हकमा पनि सो नियम ल्याइयो। सो नियमपछि करिब २५ हजार थान ज्याकेट प्रयोग भएको समितिवाला बताउँछन्। तर यो खाली ज्याकेटको व्यापार मात्रै हुन गएको ट्ययाक्सी चालकको आरोप छ। ३ देखि ५ सय पर्ने ज्याकेट अनिवार्य गर्दा करिब ७५ लाखको व्यापार भयो। यसको फाइदा व्यापारीलाई भयो। प्रहरी भने कमिसन होइन चालक सहचालक चिन्नका लागि भएको दाबी गर्छन्। सावरी दुर्घटना गराएर भाग्ने कार्य निरुत्साहन गर्न सो नियम लागु गरेको प्रहरीको दाबी छ।

हटेन माइक्रो पछाडिको सिट

२०७३ कात्तिकमा माइक्रो बसमा ड्राइभरको सिटपछि उल्टोगरी थपिने सिट हटाउने नियम आयो। त्यो नियमपछि माइक्रो सिट हटाइयो पनि तर कार्यान्वयन भएको दुई वर्ष पूरा नहुँदै अहिले फेरि उल्टो सिट राख्न थालिएको छ। सिटका कारणले यात्रुको ज्यान जोखिममा रहेको भन्दै हटाइए पनि निरन्तर भएन।

मापासे मात्र निरन्तर

विसं २०६८ मंसिर १७ देखि मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि जाँच कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारबाही गरेको छ। लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मंसिरदेखि गर्दै आएको हो।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए। ‘पछिल्ला वर्षमा मापसे कारबाहीमा पर्नेको संख्यामा कमी आएको छ,’ उनले भने। महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार २२६ चालक मापसेमा कारबाही परेकामा आव २०७५÷०७६ मा २१ हजार ९७३ चालक कारबाहीमा परेका थिए।

यसैगरी मुस्कानसहितको प्रहरी सेवाको कुरा आए पनि सर्वसाधारणले भने त्यसको खासै अनुभूति गर्न पाएका छैनन्। प्रवक्ता पौडेलले मुस्कानसहितको प्रहरी अभियान सञ्चालनमै रहेको बताए। ‘पैदल यात्रु तथा सवारी चालकले गल्ती नगरेसम्म अर्थात् नियम उल्लघंन नगर्दासम्म प्रहरी मिठो मुस्कानसहित आफ्नो जिम्मेबारी निभाइरहेको हुन्छन्,’ उनले भने, ‘जब सवारी चालकले नियम मिच्ने, यात्रुले नियम पालना नगर्ने गर्छन्, तब मात्र प्रहरी रिसाउने हो।’

नागरिकको दुरी हटाउन र प्रहरीलाई नागरिकमैत्री बनाउन ‘प्रहरी मेरो साथी’ अभियान २०७५ असार २७ गतेबाट सुरु गरिएको थियो। यो प्रभावकारी पनि बन्दै गएको भए पनि अहिले कार्यान्वयनमा छैन। प्रवक्ताका पौडेलका अनुसार उक्त अभियान पुरानो भइसक्यो अर्थात् अभियान अवधि सकिइसकेक्यो। प्रवक्ताले भने, ‘यो हामीले केही वर्ष अघि ल्याइएको अभियान हो, अहिले यसको ठाउँमा ‘सामुदायिक प्रहरी साझेदारी’ अभियान सञ्चालनमा छ।’

प्रकाशित: ५ भाद्र २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App