१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्। 

दरबारमार्गस्थित याक एण्ड यती होटलमा जारी बैठकमा नेपालले इपिजी प्रतिवेदन, कार्यान्वयनमा नरहेका सन्धि पुनरावलोकन, भारतीय बाँध, बाढी डुबान र सीमा समस्याबारे कुरा राखेको छ। भारतबाट निर्माणाधिन हुलाकी सडक, जलविद्युत आयोजना र द्विपक्षीय सहयोगबारे पनि छलफल भइरहेको छ। 

तीन वर्षपछि आयोजित बैठकमा नेपाल र भारतका अधिकारी सहभागी छन्। बैठकअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App