१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हतियार देखाएर ३ लाख लुटपाट

कपिलबस्तु– भारतीय नम्बर प्लेटको प्लसर मोटरसाइकल चढेर आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर मंगलबार दिउँसो १ बजेतिर ३ लाख लुटेका छन्। 

तौलिहवामा रहको बाणिज्य ब्रैकबाट रकम झिकेर आफनो घर बुद्धभुमी नगरपालिका– १० बिजगोरी तर्फ जानेक्रममा राम कुबेर धोबीबाट सो रकम लुटिएको हो। कपिलवस्तु नगरपालिका ३ आनन्दबादेखि सिकवकोटवा जोत बाटामा लुटेराहरुले आफूलाई हतियार देखाएर रकम रहेको झोलासहित खोसेर लगेको पीडित धोबीले बताए। ‘बैंकबाट रकम झिकेर घरतर्फ जाँदै थिएँ, लुटेराहरुले पेस्तोल देखाएर रकम लुटेर लगे’, उनले भने। लुटेराहरुले उनको मोबाईल, झोलामा रहेको ४ वटा नागरिकतासमेत लगेको छ। 

घटनाबारे सुचना पाएलगत्तै प्रहरीले नाकाहरुमा प्रहरी परिचालन गरेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।  लुटपाटमा संलग्नहरुको खोजी भैरहेको छ।

प्रकाशित: ३ भाद्र २०७६ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App