१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। 

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ नेकपा, विपक्षी राजपा, सत्ता साझेदार समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन्। 

नेकपाका सबै शीर्ष नेता उपस्थित भए पनि पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा अनुपस्थित भएका छन्। उनी शान्ति प्रक्रियासँग सरोकार राख्ने शीर्ष नेता हुन्। विस्तृत शान्ति सम्झौता हुँदा उनी तत्कालिन एमालेको महासचिव थिए। 

स्रोतका अनुसार ३ बजे बोलाइएको केन्द्रीय सचिवालय बैठकका लागि नेता नेपाल बालुवाटार आएका थिए। तर, सो बैठक स्थगित भएपछि उनी फर्केर गएको र पछि सर्वदलीय बैठक आएनन्। 

उनले नेकपाको कार्यविभाजन तथा वरियतामा असन्तुष्टि जनाउँदै केन्द्रीय सचिवालयमा नोट अफ डिसेन्ट समेत लेखेका छन्। आइतबारको सचिवालय बैठकले उनलाई तेस्रो वरियताबाट चौथोमा घटुवा गरेपछि उनी असन्तुष्ट रहेको बताइन्छ। 
सर्वदलीय बैठकमा नेता नेपालको अनुपस्थितीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित: ३ भाद्र २०७६ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App