१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनौट खेलः इटाली र स्पेन विजयी वेल्स बराबरीमा रोकियो

लण्डन–विश्वकप छनोट चरण अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इटाली र स्पेन विजयी हुँदा वेल्स भने बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोट चरणको समूह जी  अन्र्तगतको खेलमा इटालीले लिकटेन्स्टाइनलाई ४–० गोल अन्तरले पराजित गरेको हो। लिकटेन्स्टाइनको घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा इटालीका बेलोटीले गोल गर्दै पहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसको एक मिनेटपछि नै इमाबोलीले गोल गर्दै  इटालीको अग्रता दोब्बर पारेका थिए । खेलको ३२ औं मिनेटमा कान्ड्रिभाले गोल गर्दा पहुना टोलीले ३–० को. अग्रता बनाएको थियो । खेलको ४४ औं मिनेटमा बेलोटीले गोल गर्दै इटालीलाई पहिलो हाफमा ४–० को अग्रता दिालएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल इटालीले ४–० ले जित्यो।

त्यस्तै समूह जी अन्र्तगतको अर्को खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गरेको छ । खेलको ३४ औं मिनेटमा म्यासेडोनियाका भेलोस्कीले आत्मघाती गोल गर्दा स्पेनले सुरुवाती अग्रता लिएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोसे हाफमा थप तीन गोल गर्दे सहज जित हात पारको हो।

दोस्रो हाफमा स्पेनका म्याचिन परेज , मोनरियल र एड्रियुचले समान एक एक गोल गरेका थिए। यस जितसँगै समूह जि मा स्पेन ४ खेलबाट १० अंक जोड्दै समूहको शिर्ष स्थानमा रहँदा समान खेलबाट समान १० अंक बटुलेको इटाली गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा रहेको छ।

यता समूह डि अन्तर्गतको खेलमा वेल्स सर्भियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । तयस्तै विश्वकप छनोट चरण अन्र्तगत शनिबार राति सम्पन्न अन्य खेलमा क्रोएसियाले आइसल्याण्डलाई र टर्कीले कोसोभोलाई समान २–० गोल अन्तरले पराजित गर्दा रिपब्लिन अफ आयरल्याण्डले अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गरेको छ।

 

प्रकाशित: २८ कार्तिक २०७३ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App