उदयपुरमा २१ डेंगुका विरामी भेटिए, कटारीमा मात्रै १९ जनामा संक्रमण

मङ्गलबार, ०३ भदौ २०७६, १५ : ५६ महेश्वर चामलिङ राई

उदयपुर– सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सात दिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलका अनुसार कटारी नगरपालिकाभित्र मात्र १९ जना विरामीमा डेंगु फेला परेको छ। त्यस्तै बेलका नगरपालिका–५ मा ४ जनामा देखा परेको डेंगुको जिवाणु त्रियुगा नगरपालिका १२ को १ जनामा देखिएको छ। चौदण्ढीगढी नगरपालिका ६ बेल्टार बजारका १ जनामा पनि डेंगुको जिवाणु देखा परेको खकुरेलले बताए। जताततै संक्रमण देखिन थालेपछि बँच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीयतहहरुले सर्वसाधारणलाई सचेत गराउन विभिन्न कार्यक्रम गर्न थालेका छन्।

डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्। लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाईप र नालीहरु सफा गर्न तथा पानी जमेको ठाउँमा नियमति औषधी छिट्न र पुर्न उनीहरुको सल्लाह छ। जनस्वास्थ्य अधिकृत खकुरेलले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए।

कटारी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पवन साहले सुरुमा कटारी ४ का चित्रबहादुर कार्की र निर्मला खड्कामा देखिएको डेंगु रोग विस्तारै अन्य विरामीमा पनि देखा परेको बताए। उनका अनुसार सातादिनअघि अस्पताल भर्ना भएका कार्की र खड्का भने निको भएर डिस्चार्ज भएर घर फर्किसकेका छन्। त्यसपछि आएका विरामीहरुमा पनि डेंगु देखा परेको हुनाले उपचार भईरहेको डा. साहले बताए। सुरुवाती चरणमा ज्वरो आउने र सातादिनसम्म निको नभएपछि उपचार गर्न आउनेमा डेंगु देखा परेको अस्पतालहरुले जनाएका छन्। डेंगुबाट बँच्न किटनासक औषधियुत्तः झुल प्रयोग गर्नु उत्तम हुने डा. साहको सल्लाह छ। ‘यो रोग लामखुट्टेबाट सर्ने भएकाले यसबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम उपाय हो’ डा. साहले भने ‘त्यसका लागि लामखुट्टे जन्मन र हुर्कन नदिन घर वरिपरी पानी जम्न दिनु भएन। टोकाईबाट बँच्न झुल अनिवार्य लगाएर सुत्ने गर्नुपर्छ। सकेसम्म किटनाशक औषधियुक्त झुल लगाएर सुत्ुनु सुरक्षित हुन्छ।’

डेंगु जताततै फैलिएपछि स्थानीयतहहरुले यसबाट बँच्न लामखुट्टे मार्ने किटनाशक औषधि छर्कन तथा फोहोर ठाउँमा सरसफाई गर्ने काम थालेका छन्। चौदण्डीगढी नगरपालिकाले डेंगु संक्रमणको खतरा बढेपछि महिनादिनअघि १० वटै वडाका विभिन्न ठाउँमा लामखुट्टे मार्ने औषधि छरेको जनाएको छ।

यसै साता पुनः सरसफाई गर्दै औषधि छिट्ने काम गरिरहेको नगरप्रमुख खगेन्द्र राईले बताए। धरानमा डेंगु रोग देखिएलगत्तै संक्रमणको खतराबाट नगरबासीलाई सचेत गराउँदै जनघनत्व बढी भएको संभावित डेंगु प्रभावितक्षेत्र र वडाका बस्तीदेखि बजारसम्म औषधि छिट्ने र सरसफाई गर्ने काम भएको मेयर राईले बताए। उनका अनुसार एकपटकले मात्र लामखुट्टे नमर्ने भएकाले दोहोरो तेहरोसम्म औषधि छिट्ने काम नगरपालिकाले गरेको छ।

त्यस्तै कटारीमा पनि डेंगु देखिएपछि औषधी छिट्न र बजार सरसफाई गर्न थालिएको छ। बजारकै मान्छेमा धमाधम डेंगु देखिएपछि नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारी परिचालन गरी पहिले कटारी बजार र त्यसपछि सबै वडामा औषधि छिट्न थालिएको नगर उपप्रमुख भिमकुमारी राउतले बताइन्। उनका अनुसार विरामीलाई छिटो निको पार्न तथा थप संक्रमण हुन नदिन पनि नगरपालिकाले आवश्यक औषधी, रक्त परीक्षण गर्ने किटको व्यवस्था गरेर अस्पताललाई उपलब्ध गराएको छ। थप जनतालाई रोगको संक्रमण हुन नदिन नगरपालिकाले जनचेतना कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिरहेको उपमेयर राउतले बताएकी छिन्। त्रियुगा र बेलका नगरपालिकाले पनि लामखुट्टेविरुद्धको औषधि छरिरहेको जनाएका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad