काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक आयो, सांसदले के भने?

बुधबार, २९ साउन २०७६, १४ : ५९ नागरिक संवाददाता

काठमाडौं– सरकारले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ राष्ट्रियसभामा प्रस्तुत गरेको छ। 

काठमाडौं उपत्यकाभित्र यात्रुहरुको आवतजावतलाई सरल सहज र विश्वसनीय लागत प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात सेवालाई व्यवस्थापन, विकास तथा विस्तार गर्न सरकारले विधेयक ल्याएको हो। 

बुधबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण विधेयक छलफलका लागि प्रस्तुत गरेका हुन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय नीति ल्याउन माग गरेका थिए। 

कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक अपरिपक्व रहेको भन्दै परिमार्जनको माग गरे। कार्यकारी निर्देशकले प्राधिकरण गठन गर्नेजस्तो व्यवस्था विधेयकमा रहेको भन्दै उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

नेकपाकी सांसद कोमल वलीले प्राधिकरण उपत्यकामा मात्र किन भनेर मन्त्री महासेठलाई प्रश्न गरिन। उनले मुलुकभर कार्यक्षेत्र रहेको प्राधिकरण बनाउन माग गरिन। सिण्डिकेट अझै हट्न नसकेको भन्दै उनले वैज्ञानिक भाडादर, यात्रु चढाउने, ओराल्ने निश्चित स्थान तोक्ने, साना होइन, ठूला आरामदायी बस चलाउने, ट्रक टिप्पर लगायत मालवाहक सवारीको मापदण्ड तोक्ने विषय विधेयकमा समेट्न आग्रह गरिन। 

नेकपाकै सांसद रामनारायण विडारीले साइकल यात्री र पैदलयात्रीले हिड्न पाउने  अधिकार विधेयकमा समेट्न माग गरे। ‘पुराना थोत्रा गाडी साइड लगाएर कुन ठाउँमा कति पार्किङ गर्न पाउने, रोक्न पाउने उल्लेख गर्नुपर्यो’, उनले भने। 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad