१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बकर इदको रौनक (फोटो फिचर)

काठमाडौं– मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाईरहेका छन्। 

नजिकैका मस्जिदहरुमा भेला भएर मुस्लिम समुदायले सोमबारबाट आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाईरहेका हुन्। यसै अवसर पारेर काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि भेला भएका उनीहरुले आपसमा शुभकामना आदानप्रदान गरेका छन्। ३ दिनसम्म मनाइने यो पर्वलाई ।।।इद–उल–जुहा पनि भनिन्छ। मुस्लिम समुदायले यो पर्वलाई बलिदानीको पर्वको रुपमा पनि लिने गरेका छन्।

हिजरी सम्वत अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्माबलम्बीहरुले बताएका छन्। यस पर्वमा मस्जिदमा जम्मा भई नमाज पढने पनि गरिन्छ।

त्यसैगरी यस पर्वमा विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिव एवम् दीनदुःखीलाई बाँडने परम्परा पनि रही आएको छ।

फाेटाे/भिडियाे : दिपेन्द्र राेक्का

प्रकाशित: २७ श्रावण २०७६ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App