१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

इटहरी– आफन्तको नाममा जग्गा पास गर्न लगाईं पैसा नदिएर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको  छ।

डेढ वर्षदेखि फरारको सूचीमा रहेका इटहरी वडा नं. ९ का चन्द्रकान्त काफ्ले र इटहरी वडा नं. ५ की भगवती दाहाललाईं सप्तरीबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना उदयपुरमा लुकीछिपी बसेको सूचना पाएपछि सप्तरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभेष अधिकारीले जनाए। 

घटनाक्रम अनुसार, २०७३ जेठ महिनामा इटहरी वडा नं. २ की देबका सिटौंलाले वडा वडा नं. २ कै कित्ता नं. ४९६३ को एक कट्ठा सवा १५ धुर जग्गा इटहरी वडा नं. ४ का लोकबहादुर भण्डारी र कमला कार्कीको नाममा धितो पास गरि दिइन्। ४५ लाख रुपैयाँमा पछि जग्गा फिर्ता गर्दा सावा–ब्याज दिने सर्तमा सिटौलाले भण्डारी र कार्कीलाई जग्गा पास गरि दिएकी थिइन्। 

धितो पास गरेपछि इटहरीकै चन्द्रकान्त काफ्लेले सिटौलाको सवा १५ धुर जग्गा मात्र ९० लाख रुपैयाँमा किन्ने र त्यो जग्गा मोरङ बेलबारी वडा नं. ४ का खडानन्द दुलालको नाममा पास गरि दिने सर्त राखे। खडानन्द चन्द्रकान्तको नजिकका साथी हुन्। सर्त अनुसार जग्गा पनि सिटौलाले दुलाललाई गरि दिइन्।

चन्द्रकान्तकै योजना अनुसार दुलालबाट फेरि इटहरीकै भगवती दाहालको नाममा पास गर्न लगाए । तर, जग्गा किन्दा चन्द्रकान्तले आफ्नै राष्ट्रिय वाणिज्य बैक इटहरीको चेकबाट कुल ९० लाख रुपैयाँ काटि दिए। चेक देबका, लोकबहादुर र कमला गरि तीन जनाको नाममा अलग अलग काटेका थिए । तर, चेक बाउन्स हुन पुग्यो। 

त्यसपछि प्रहरीमा उजुरी पर्यो। उजुरीपछि चन्द्रकान्ता र भगवती फरार भएका थिए। प्रहरीले यी दुवै जनालाई ठगीमा मुद्धा चलाउने छ। चन्द्रकान्ताको पहिलेको श्रीमतीसँग र भगवतीको श्रीमान्सँग सम्बन्ध बिच्छेद भएको खुलेको छ। 

प्रकाशित: २५ श्रावण २०७६ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App