१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईकाे मृत्यु

दुर्घटनास्थलमा ट्रक र मोटरसाइकल। तस्बिरः नागरिक

सर्लाही– जिल्लाको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा बिहीबार मध्यान्ह ट्रकसँग ठाेक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट गइरहेको ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा माेटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–४ का १९ वर्षीय विक्रमदास कथवनिया र बरहथवा नगरपालिका–४ का २९ वर्षीय मनोजकुमार दासकाे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते विक्रमको स्थानीय नमुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौंडा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएकाे छ।

ट्राफिक प्रहरीका अनुसार अत्यन्त तीव्र गतिमा रहेको मोटरसाइकल हरिवन नगरपालिका–११, चापिनी पुल छेउ विपरीत दिशाबाट आफ्नै ‘साइड’मा आइरहेको ट्रकमा छिर्न पुगेको थियो।

विक्रमकाे शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको र मनाेजकाे शव पनि पोष्टमार्टमका लागि मलंगवा पठाउन हेटौंडाबाट फिर्ता आइरहेको प्रहरीकाे भनाइ छ। प्रहरीका अनुसार ट्रकका चालक भने फरार छन्।

प्रकाशित: २३ श्रावण २०७६ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App