१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आश्वासन पुरा गर्न नसक्दा जब मेयरलाई महिलाको कपडा लगाएर सहर घुमाइयो...

मेक्सिको सिटी– मेक्सिकोका एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन्। उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन्। यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज। 

उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्। सो भिडियोमा उनीसँगै एक अधिकारी पनि देखिएका छन्। उक्त अधिकारीले पनि महिलाको लुगा लगाएका छन्। 

मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्। यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन्। आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए। आफूविरुद्ध नगरवासीले गरेको यस्तो खालको क्रियाकलाप देखेर उनले आफूलाई कारवाही गर्दै यो कदम उठाएका हुन्।

प्रकाशित: २१ श्रावण २०७६ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App