१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शीर्ष नेता र कार्यदलको संयुक्त बैठक सुरु

शीर्ततहकाे वार्तामा सहभागी हुन संसद भवन प्रवेश गर्दै माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा छलफल सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्।

कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै गत शुक्रबारदेखि संसद अबरुद्ध गर्दै आएको छ। कांग्रेसले आफ्नो माग सम्वोधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रमुख दलले सोमबार संयुक्त कार्यदल गठन गरेका थिए।
कार्यदलको मंगलबार बसेको बैठकमा पनि कांग्रेस आफ्नो अडानबाटपछि नहटेपछि शीर्ष नेतासँग सामुहिक छलफल गर्नेगरी कार्यदलको बैठक सकिएको थियो। अहिले कार्यदल र शीर्ष तहमा कांग्रेसको मागका विषयमा छलफल भइरहेको छ।

यसैबीच आज दिउँसो तीन बजे बोलाइएको व्यवस्थापिका संसद बैठक साँझ साढे पाँचबजेसम्मका लागि स्थगित गरिएको छ। शीर्षतहमा छलफल गर्ने भन्दै संसद वैठक सारिएको हो।

 

प्रकाशित: १४ असार २०७३ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App