दैनिक तीन जनाले गुमाउछन् विष सेवनबाट ज्यान

मङ्गलबार, २१ साउन २०७६, ११ : ०९ सन्दिप कुमार बैश्य

काठमाडौं - नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र तीन जनाको ज्यान जाने गरेको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ४ सय ८१ जनाको विषले ज्यान गएको छ। उनले अघिल्लो आर्थिक वर्षमा  मात्र १ हजार ३ सय २० जनाले विष सेवनबाट ज्यान गुमाएको बताए।

त्यस्तै, आर्थिक वर्ष ०७०/७१ मा १ हजार ३०७, ०७१/७२ मा १ हजार ९०,०७२/७३ मा १ हजार १८६, ०७३/७४ मा १ हजार २१५ र०७४/०७५ मा १ हजार ३६३  जनाको विष सेवनबाट ज्यान गएको हो। झुण्डिएर ज्यान गुमाउनेपछि दोस्रोमा विष सेवनले ज्यान गुमाउनेको संख्या रहेको छ।

पछिल्लो समय मानिसको बदलिँदो जीवनशैलीका कारण पनि विष सेवनले ज्यान गुमाउने गरेको प्रहरी प्रवक्ता पोखरेलको भनाइ छ। उनले भने,‘सफलताको तीव्र आकांक्षामा असफल भएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेका छन्। जसमा विष सेवनको प्रयोग प्राय हुने गरेको छ।’ उनका अनुसार युवा पुस्ताले प्रेम सम्बन्धमा दरार आउँदा अप्रिय निर्णय लिने क्रममा विषको प्रयोग गर्ने गरेको छन्।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad